चितवन विशेष

प्रथम राप्ती महोत्सव एकदिन पछि सर्‍यो, असोज ३० बाट सुरु हुने

Banner

चितवन, असोज २५–

पूर्वीचितवनको राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हुन लागेको ‘प्रथम राप्ती महोत्सव–२०७६’ एक दिन पछि सरेको छ ।

महोत्सवको समुद्घाटन अब असोज ३० गते हुने भएको छ । यसअघि असोज २९ गते उद्घाटनको तयारी गरिए पनि विशेष कारण एक दिन पछाडी मात्रै उदघाटन गर्ने तय भएको महोत्सव मुल समारोह समितिका संयोजक राजकुमार कँडेलले जानकारी दिए । उनले महोत्सवको अन्य सम्पूर्ण कार्यक्रम यथावत रहेको र तयारी तिव्र गतिमा भइरहेको बताए । महोत्सव असोज ३० देखि कार्तिक ९ गतेसम्म चल्नेछ ।

महोत्सव उदघाटनका लागि पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने निश्चित भएको आयोजकले जनाएको छ । असोज ३० गते भव्य समारोहका बीच दाहालले महोत्सवको उद्घाटन गर्ने महोत्सव प्रचारप्रसार समितिका संयोजक दिनेश सेढाइले जानकारी दिए । उद्घाटन अघि राप्ती नगरपालिकाका विभिन्न स्थानबाट झाँकीसहितको शोभा यात्रा निकालिनेछ ।

महोत्सवमा चितवनसहित छिमेकी जिल्लाहरुबाट सर्वसाधरणको बाक्लो सहभागी गराउन प्रचारप्रसार ब्यापक बनाइएको सेढाईले बताए । नगरपालिकामा बाक्लो जनसंख्या रहेको चेपाङ समुदायलाई महोत्सव अवलोकनका लागि सस्तो टिकटको ब्यवस्थासमेत गरिएको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, राप्ती विकासको मुल आधार’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा स्थानीय उत्पादन, कृषि तथा मनोरञ्जनात्मक प्रदर्शनीहरुलाई विशेष प्राथमिकता दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>