नवलपुर

नवलपुरमा पनि मनाइयो ६४ औं प्रहरी दिवस

Banner

विजय चालिसे

नवलपुर, असोज २४–

६४ औं प्रहरी दिवस नवलपुरमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरको परिसरमा आज एक कार्यक्रमको आयोजना गरि प्रहरी दिवस मनाईएको हो । जिल्ला प्रहरी प्रमुख एसपी मोहन प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कार्कीले प्रहरी सधै जनता र राज्यको सेवामा प्रतिवद्व भएर लागिरहेको उल्लेख गर्दै देश परिवर्तन तथा अन्य विभिन्न आन्दोलनमा मारिएका अमर प्रहरीहरुप्रती श्रद्वाञ्जली व्यक्त गर्नुभयो ।

अमर प्रहरी प्रति शोक सलामी तथा प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण एंव प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा खेलकुदसहित उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई मेडल र नगद पुरस्कार एंव अमर प्रहरी परिवारका सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछाने, पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष नारायण शर्मा, जिल्ला अध्यक्ष होमराज रानाभाट, पूर्व प्रहरी संघका अध्यक्ष अमर बहादुर बिक, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, पूर्व प्रहरी, अमर प्रहरी परिवारका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

दिवसको अवसरमा जिल्ला प्रहरी प्रमुख, पोखरेल, पूर्व प्रहरी कर्मचारी र अमर प्रहरी परिवारका बीचमा अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>