क्रिकेट
टि–ट्वान्टी सिरिजः ओमानविरुद्ध नेपालको खराब व्याटिङ, ६४ रनमै अलआउट

काठमाडौं, असोज २३–
ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानसँग खराब प्रदर्शन गरेको छ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा जारी खेलमा नेपाल ६४ रनमै आलआउट हुन पुग्यो ।
नेपाल २० ओभरको खेलमा मात्र ११ ओभर मैदानमा टिक्न सक्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २० र दीपेन्द्र सिंह ऐरीले ११ रन बनाए । नेपालका अन्य कुनै व्याट्सम्यानले पनि दोहोरो अंक जोड्न सक्यो । २ रनमै पहिलो विकेट गुमाएको नेपालले लगातार विकेट गुमाउन पुगेको थियो ।
ओमानका लागि आमिर खालिमले सर्वाधिक ५ विकेट लिए भने बिलाल खानले दुई विकेट लिए ।
यसअघि तीन खेलमा नेपालले दुईमा जीत तथा एकमा हार व्योहोरेको छ । नेपालले पहिलो खेलमा हङकङलाई चार विकेटले पराजित गरेको थियो भने नेदरल्याण्डलाई पनि समान चार विकेटले नै पराजित गरेको थियो । त्यस्तै नेपाल आयरल्याण्डसँग १३ रनको झिनो अन्तरले पराजित भएको थियो ।
तालिकाको शीर्ष स्थानमा रहेको आयोजक ओमान भने नेपालमाथि जीत हात पार्दै सिरिज उपाधि कब्जा गर्न दाउमा छ । यसअघि तीन खेल खेलेको ओमनले तीनै खेलमा जीत हासिल गरेको छ । ओमनले आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो ।
























