क्रिकेट

ओमान टि–ट्वान्टी सिरिजः आयरल्याण्डले नेपाललाई दियो १४६ रनको चुनौती

Banner

काठमाडौं, असोज २२–

ओमानमा जारी पाँच देशीय टि–ट्वान्टी सिरिज अन्तरगत तेस्रो खेलमा नेपालले अहिले टेष्ट राष्ट्र आयरल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ । जारी खेलमा आयरल्याण्डले नेपालसामु १४६ रनको लक्ष्य पेश गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनायो । उसका लागि पाउल स्टर्लिङले ५९ र बलब्रिनले ३८ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र अभिनाष बोहराले समान २ विकेट, करन केसी र ललित नारारयण राजवंशीले समान एक विकेट लिए । ७ रनमा पहिलो विकेट गुमाएको आयरल्याण्डले सुरुवाती १० ओभरमा बलियो प्रदर्शन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>