क्रिकेट
नेदरल्यान्ड्स विरुद्ध नेपालको सनसनीपूर्ण जित
०

काठमाडौं,असोज २०-
करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स ४ विकेटले स्तब्ध बनेको हो । नेदरल्याण्ड्सले दिएको १३३ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएको हो ।
नेदरल्याण्ड्सलाई १३३ रनमा रोक्न ४ विकेटको महत्वपूर्ण योगदान दिएका करन केसीले १४ बलमा ३१रन बनाएपछि नेपाल विजयी भएको हो । अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा क्रिजमा रहेका करन केसीले पहिलो बलमा छक्का, तेस्रोमा चौका तथा पाँचौँ बलमा फेरि छक्का प्रहार गरेपछि स्कोर बराबर भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























