क्रिकेट
ओमान क्रिकेट सिरिजः नेपाल आज हङकङसँग खेल्दै
०

काठमाडौं, असोज १९–
ओमानमा जारी पाँच देश सम्मिलित टी–२० क्रिकेट श्रृङ्खला अन्तरगत दोस्रो दिनको खेलमा नेपालले आज (आइतबार) हङकङसँग खेल्दैछ । आफ्नो पहिलो खेल खेल्न लागेको नेपाल उच्च मनोबलमा रहेको छ । यस्तै हिजो पहिलो खेलमा आयोजक ओमानसंग पराजित भएको हङकङ आज दवाबमा छ ।
नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेपछि ओमानको अमेरटमा सुरु हुनेछ । त्यस्तै अर्को खेलमा ओमान र आयरल्याण्ड खेल्नेछन् ।
शुक्रबार भएका खेलमा ओमानले हङकङलाई र आयरल्याण्डले नेदरल्याण्ड्सलाई हराएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>