खैरहनी
चितवनमा पोल्ट्रीफार्मको सुलीले भरिएको खाल्डोमा डबेर एक जनाको मृत्यु
०

चितवन, असोज १८–
चितवनमा पोल्ट्रीफार्मको सुलीले भरिएको खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका–१ सिमलघारीमा रहेको खनाल पोल्ट्रीफार्मले सुली राख्न बनाएको खाल्डोमा डुबेर सोही फार्मका कर्मचारी मृत्यु भएको हो । आज दिउँसो सुली सफा गर्न जाने क्रममा सोही सुलीमा डुबेर भरतपुर–११ का सूर्यबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले सुलीबाट कार्कीको शव निकाल्ने तयारी भइरहेको छ ।
कुखुराको सुलीलाई व्यवस्थापन गर्न ठूलो खाल्डो खनिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























