नवलपुर

विजय विकास स्रोत केन्द्रमा पहिलोपटक महिला नेतृत्व

Banner

गैँडाकोट, असोज १६–

विजय विकास स्रोत केन्द्र (भिडिआरसी) मा पहिलो पटक महिला नेतृत्व चयन गरिएको छ ।

गैँडाकोट–८ मा रहेको केन्द्रको चेतना सदन हलमा भएको केन्द्रको २१ औं अधिबेशनले लक्ष्मी गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, सचिवमा भुमिराज चापागाई, कोषाध्यक्षमा पार्वती कँडेल, सहसचिवमा रेखा श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा दीपनारायण सापकोटा, सीता रिजाल, खड्गजंग गुरुङ, टीकाराम कंडेल र तीला बन अर्जुन चयन हुनुभएको निर्वाचन समितिका संयोजक ऋषीराम सापकोटाले जानकारी दिए । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने प्रवधान अनुसार निवर्तमान अध्यक्ष हरिलाल सापकोटा सदस्यमा रहेका छन् । निर्वाचन समितिमा संस्थाको पद अनुसारको सङ्ख्यामा मात्र आवेदन परेपछि सोही सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन समिति सदस्यमा झलकराज पौडेल र प्रेमप्रसाद शर्मा चापागाई रहेका छन् ।

नयाँ नेतृत्व चयन गरेसँगै विजय विकास स्रोत केन्द्र (भिडिआरसी) को ३४ औं वार्षिक साधारण सभा तथा २१ औं अधिबेशन एवम् अनुभव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विगत ४ दशकदेखी सामाजिक विकासमा क्रियाशिल विजय विकास स्रोत केन्द्र देशकै अग्रणी संस्थाको रुपमा चिनिन्छ ।

यसअघि साधारण सभा कार्यक्रममा विजय विकास स्रोत केन्द्रको आर्थिक वर्ष २०७५/०७६ को प्रगति प्रतिवेदन सचिव कृष्णप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित ४४ कार्यक्रममध्ये २० वटा पुर्णरुपमा, १८ वटा आशिंकरुपमा कार्यान्वयन गरिएको जानकारी दिए । उनले ६ वटा कार्यक्रम भने कार्यान्वयन हुन नसकेको बताए । उनले आर्थिक वर्ष २०७६÷०७७ मा नियमित कार्यक्रम, विशेष कार्यक्रम, क्षेत्रगत कार्यक्रम र साझेदारी कार्यक्रम गरि ४ प्रकारमा विभाजन गरि कार्यक्रम तय गरिएको जानकारी दिए ।

विषेश कार्यक्रम अन्तर्गत बैठक सञ्चालन, साधारण सभा एवं वार्षिकोत्सव, सम्मान र पुरस्कार रहेका छन् । त्यस्तै विशेष कार्यक्रम अन्र्तगत मानव संशाधन विकास तथा व्यवस्थापन, शेयर थप गर्ने, परिस्थितिजन्य कार्य गर्ने, विजय परिवारसँग सहकार्य र ज्ञान तथा विचार केन्द्रका रुपमा विकास गर्ने रहेको छ । क्षेत्रगत कार्यक्रम अन्तर्गत सुशासन, वकालत अभियान र पैरवी, बालबालिका युवा तथा महिला सहभागिता, सुधारोन्मुख जीविकोपार्जन, स्रोत केन्द्र सञ्चालन लगायतका कार्यक्रम तय गरिएको छ । त्यस्तै साझेदारी कार्यक्रम अन्तर्गत ४२ जिल्लामा पोषण, उद्यमशिलता विकास र प्रवद्र्धन, घरेलु हिंसा कम गर्ने कार्यक्रम सञ्चालन, स्वास्थ्यका लागि सरसफाई, खाद्य सम्प्रभुता र पालिकाहरुसँग सहकार्य गरिने केन्द्रका सचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

कार्यक्रममा आर्थिक वर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन तथा २०७६/०७७ को प्रस्तावित बजेट केन्द्रका कोषाध्यक्ष पार्वती कँडेलले प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०७५/०७६ को ६ करोड ७० लाख ८० हजार २ सय ४८ रुपैयाँ बराबारको आय व्यव विवरण पेश गर्नुभएको थियो । साथै आर्थिक वर्ष २०७६÷०७७ का लागि ७ करोड ५० लाख बराबरको बजेट पेश गरेका थिए ।

साधारण सभा कार्यक्रममा संस्थापक अध्यक्ष ऋषिराम सापकोटाले तत्कालिन अवस्थामा ४० वर्षअघि सभ्य र समृद्ध समाजको परिकल्पनाका साथ स्थापना गरिएको संस्थाले आज सार्थकता पाएको बताए । संस्थाको टिकाउ र दिर्घकालिन रुपमा प्रभाव पर्ने खालका कार्यक्रम ल्याउन सुझाव दिदैं संस्थाको उन्नतीको कामना गरे ।

कार्यक्रममा केन्द्रका उत्पे्ररक तिलकप्रसाद सापकोटाले समुदायको उत्थानमा भिडिआरसीको योगदान अतुलनिय रहे पनि प्रचार प्रसार अभावमा ओझेलमा परेको जनाउँदै सोही अनुरुप क्रियाकलाप सञ्चालन गर्न सुझाव दिए । जिल्ला समन्वय समिति उपप्रमुख शारदा विश्वकर्माले सामाजिक विकासमा विजय विकास स्रोत केन्द्रको योगदान अहम् रहेको उल्लेख गर्दै यसले प्रवद्र्धन गरेका संस्थाहरुका कारण पनि राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल रहेको बताए ।

केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले प्राप्त सुझावलाई आत्मसाथ गर्दै आगामी दिनमा अझ परिस्कृतरुपमा प्रस्तुत हुँदै अघि वढ्ने बताए । केन्द्रका उपाध्यक्ष लक्ष्मी गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रमको सहजिकरण सहसचिव भूमिराज चापागाईले गरेका थिए । कार्यक्रममा विशिष्ट दिर्घ सेवा सम्मान आजिवन सदस्य गोविन्दराज विनोदी, उत्कृष्ट सदस्य ओमप्रसाद सापकोटा, कार्यसमितिबाट कोषाध्यक्ष पार्वति कंडेल र उत्कृष्ट कर्मचारी सुआहाराकी कृषि बजार अधिकृत निता योगीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विजय परिवार अन्र्तगतका संस्थाहरुको संस्थागत जानकारी संस्थाका अध्यक्ष एवम् व्यवस्थापकहरुले प्रस्तुत गरेका थिए । विजय परिवारमा विजय विकास स्रोत केन्द्र, विकू बचत तथा ऋण सहकारी संस्था लि., विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि.(विजय एफएम १०१.६ र विजय खबर पत्रिका), विजय सामुदायिक शिक्षा सहकारी संस्था लि.(विजय सामुदायिक शिक्षा सदन), विजय लघुवित्त वित्तिय संस्था लि., विजय कन्सल्टि∙ प्रा.लि., विजय फाउण्डेशन नेपाल र विजयश्री उपभोक्ता सहकारी संस्था लि. रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>