नवलपुर

कपास उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति

०
Banner

ज्ञानु पँगेनी

नवलपुर, असोज १६–

नवलपपुरको कावासोती नगरपालिका–८, शितल चोकमा रहेको देवचुली कपास उद्योगमा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट कपास, सिरक, डसना र मेसिन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ । पुरानो कपडा पेलेर सिरक डसना बनाउने उक्त उद्योगका संचालक हरि ज्ञवाली र अर्जुन ज्ञवाली हुन् । अचानक विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगो दमकल र स्थानीले नियन्त्रणमा लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>