नवलपुर

नवलपुरमा लायन्स क्लबको मन्दिर सरसफाइ र वृक्षरोपण कार्यक्रम

Banner

ज्ञानु पंगेनी

नवलपुर, असोज १५-

लायन्स क्लब अफ नवलपुर मिडपोइन्ट कावासोतीले बुधबार नवलपुरको कावासोती नगरपालिका–२ रहेको नर्मदेश्वर शिवालय मन्दिरपरिसरमा सरसफाइ र पुष्परोपण गरेको छ ।

विजयादशमीको अवसर पारेर संस्थाले सामाजिक कार्यअन्तर्गत सरसफाइ र पुष्परोपणको कार्यक्रम गरेको क्लबकी अध्यक्ष कलादेवी दाहालले बताइन् । विजयादशमीको धार्मिक र सांस्कृतिक चाड भएकाले मन्दिरजस्तो पवित्र स्थलमा सरसफाइ गर्नु पुण्यका साथै सरसफाइ हुँदा वरपरको वातावरणसमेत सफा – सुन्दर हुने र मन्दिरमा फूलको सधै आवश्यकता पर्ने भएकाले मन्दिरमा आउने भक्तजनलाई फूलको खाँचो पर्दा मन्दिरपरिसरबाट नै टिप्न सहज होस् भन्ने उद्देश्यले लायन्सले कार्यक्रम गरेको दाहालले बताइन् ।

मन्दिरपरिसरमा करिब १० प्रजातिका विभिन्न फूलका विरुवा रोपिएको छ । रोपेका विरुवाको संरक्षण र रेखदेखका लागि लायन्समा आबद्ध सदस्यहरुले पालैपालो पानी राख्ने र गोडमेल गर्ने प्रबन्धसमेत मिलाइएको दाहालले जानकारी दिइन् । लायन्स क्लब अफ नवलपुर मिडपोइन्ट कावासोतीकी अध्यक्ष कलादेवी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जोन चेयर पर्सन भोजराज दाहाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा लायन्स क्लब अफ नवलपुर मिडपोइन्ट कावासोतीकी प्रथम उपाध्यक्ष देवीमाया घिमिरे, सचिव अमृता भण्डारी, सहकोषाध्यक्ष माया भण्डारी , मेम्बरसिप चेयरपर्सन दूर्गा कँडेल , सर्भिस चेयरपर्सन निर्मला न्यौपाने, मार्केटिङ कम्युनिकेशन पदमा ढुंगाना, भिमा पंगेनी ढकाल, अप्सरा चापागाई, थानकुमारी कँडेललगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>