चितवन विशेष

राप्तीमा निजी विद्यालयको शुल्क वृद्धिप्रति अनेरास्ववियूको ध्यानाकर्षण

Banner

चितवन, असोज १२–

पूर्वीचितवनको राप्ती नगरपालिका भित्र रहेका निजी विद्यालयहरुमा मासिक शुल्क वृद्धि भएकोप्रति नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) राप्ती नगर कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) राप्ती नगर कमिटीले आज (आईतबार) निजी विद्यालयहरुले मासिक शुल्क वृद्धि गरेकोले गम्भीर ध्यानाकर्षण भएको भन्दै राप्ती नगरपालिकाका शिक्षा शाखा प्रमुख शम्भु पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।

शैक्षिक शत्र सुरु नहुँदै मनोमानी ढंगले चर्को शुल्क वृद्धि गर्ने विद्यालयहरुको अनुगमन गरी कारवाही हुनुपर्ने, विद्यालय शुल्क मापदण्ड निर्देशिका विपरीत बढाइएको शुल्क तत्काल फिर्ता हुनुपर्ने, संस्थागत विद्यालयले विद्यमान नियम अनुसार उपलब्ध गराउनुपर्ने छात्रवृत्तिलाई पूर्ण रुपमा निःशुल्क बनाई प्रभावकारी कार्यान्वयन गराउनुपर्ने र छात्रवृत्तिको अनुपात बढाएर कुल विद्यार्थीको २० प्रतिशत प्रदान गराउनुपर्नेलगायतका चार बुँदे मागहरु राखेका छन् ।

अभिभावकको ढाड सेक्ने गरी बढाएको शुल्क वृद्धि तत्काल फिर्ता लिन र आफूहरुको माग ४८ घन्टा भित्र सम्बोधन नभए अनेरास्ववियु यसकाविरुद्ध कडा संघर्षमा उत्रिने अनेरास्ववियु राप्ती नगर कमिटीका संयोजक अनुज न्यौपानेले चेतावनी दिएका छन् ।

यसअघि गत शुक्रबार खैरहनी नगरपालिका भित्र रहेका केही निजी विद्यालयहरुले बढाएको शुल्क वृद्धिप्रति नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी खैरहनी नगर कमिटीले संयुक्त रुपमा लगाएको ताला आईतबार सहमतीमा खुलाईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>