अटो
जेपी मोटर्समा ‘सुजुकी पर्वोत्सब दशैं मेला’

चितवन, असोज १२–
चितवनका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता जेपी मोटर्स प्रा.लि. भरतपुरको आयोजनामा ‘सुजुकी पर्वोत्सब दशैं मेला २०७६’ हुने भएको छ ।
यही असोज १३ गते (सोमबार) र १४ गते दुई दिन मेला आयोजना गर्न लागिएको जेपी मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक प्रतिक श्रेष्ठले जानकारी दिए । मेला हाकिमचोक स्थित शोरुमा हुने उनले जानकारी दिए ।
मेलाको विशेषताहरुमा गाडी खरिद गर्दा चार लाख रुपैयाँसम्म नगद छुट, एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, स्क्र्याच कार्डमार्फत एक लाख रुपैयाँसम्म नगद छुट, निःशुल्क पाटपूर्जा, सडक दस्तुर निःशुल्क र तत्काल गाडीको भ्यालुएसन गरी गाडी साट्न पाउने व्यवस्था रहेको जेपी मोटर्सका निर्देशक सुरज राज जोशीले जानकारी दिए ।
मेलाका अन्य धेरै फाइदाहरु समेत रहेका छन् । ग्राहकहरुका लागि विभिन्न अफरहरु रहेका छन् । मेला अवधिभर टेष्ट ड्राइभ गर्ने मध्येबाट लक्की ड्र मार्फत ‘क्वीएफएक्स’ हलको टिकट उपहार प्राप्त गर्ने छन् भने मेला अवधिभर गाडी बुकिङ गरी लक्की ड्र मार्फत एक जना भाग्यशाली विजेताले ‘स्मार्ट फोन’ उपहार पाउने अर्का निर्देशक जेम्स महतोले जानकारी दिए ।
यस्तै मेलाको आकर्षकहरुमा फूड स्टल, इन्स्योरेन्स स्टल र बैंक स्टल रहेछन् ।