खैरहनी
खैरहनीका निजी विद्यालयमा तालाबन्दी
०

चितवन, असोज ११-
पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेका केही निजी विद्यालयमा नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी खैरहनी नगर कमिटीले संयुक्तरुपमा ताला लगाएको छ ।
खैरहनी नगरपालिकामा रहेका निजी विद्यालयले अभिभावकको ढाड सेक्ने गरी मासिक शुल्कमा वृद्धि गरेकोले आफूहरु बाध्य भएर ताला लगाउनु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विद्यार्थीले डेजी, नेपाल आदर्श र ग्लोसाइन बोर्डिङ स्कुलमा ताला लगाएका हुन् । शिक्षा जस्तो संवेदनशील विषयलाई व्यापारीकरण गर्न खोजिएकोले आन्दोलनमा जान बाध्य भएको अनेरास्ववियु खैरहनी नगर कमिटीका संयोजक सरोज घतानीले जानकारी दिए । खैरहनीका निजी विद्यालयहरुको शुल्क घटाउन सम्पूर्ण शैक्षिक संस्थालाई अनुरोध समेत गरिएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























