नवलपुर

गैंडाकोट क्षेत्रमा मापदण्डविपरीत पसल सञ्चालन

Banner

नवलपुर, असोज १०–

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिका क्षेत्रका पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले गरेको बजार अनुगमनका क्रममा गैँडाकोट क्षेत्रका पसल बिनादर्ता सञ्चालन भएका तथा म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री वितरण गरेको पाइएको हो ।

दर्ताबिना नै सञ्चालन भइरहेका पसललाई अनुगमन टोलीले एक हप्ताभित्र दर्ता गर्नका लागि निर्देशनसमेत दिएको छ । त्यस्तै पसलमा मूल्यसूची राख्न, खाद्य पदार्थको गुणस्तरबारे सचेत हुन टोलीले सजग गराएको छ । अनुगमन टोलीले गैँडाकोट नगरपालिकाको पूर्वपश्चिम राजमार्ग छेउछाउका २५ वटा ठूला पसलको अनुगमन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय नवपुरका अनुगमन अधिकारी आनन्द शर्मा भुषालको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा सो क्षेत्रमा एक सय लिटर म्याद गुज्रिएका पेय पदार्थसमेत नष्ट गरिएको छ । चाडपर्वका समयमा उपभोक्ताहरु ठगिने गरेको गुनासो आउने गरेकाले व्यवसायीहरुलाई सचेत बनाउनका लागि अनुगमन गरिएको भुषालले बताउनुभयो । यसअघि गैँडाकोटमै मासु पसल, पिउने पानीको काराखानाको अनुगमन गरेको र आगामी दिनमा थप कडाइका साथ अनुगमनलाई प्रभावकारी बनाउने भुषालको भनाइ थियो ।

प्रशासनको अगुवाइमा भएको अनुगमनमा गैँडाकोट नगरपालिकाका कर्मचारी, उद्योग वाणिज्य सङ्घ गैँडाकोटका प्रतिनिधि, कर कार्यालयका प्रतिनिधि, प्रहरी तथा उपभोक्ताको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>