नवलपुर

लागूऔषधसहित नवलपुरमा एक पक्राउ

Banner

गंगा विश्वकर्मा

नवलपुर, असोज ८

नवलपुरको कावासोतीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

कावासोती नगरपालिका–१६ चालिस किलो जंगलमा चेकिङमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो ५ ट्याब्लेट नाइट्रोभेट र ३३० एम्पुल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

भैरहवाबाट पोखरा जाँदै गरेको ना ६ ख ७४९५ नम्बरको यात्रुबाहक बसमा सवार तनहुँको व्यास नगरपालिका–४ बस्ने १९ वर्षीय आशिष नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक डीएसपी अर्जुन रानाभाटले जानकारी दिए ।
नेपालीको साथबाट फेनरागन ११० एम्पुल, डाइजोपाम ११० एम्पुल, नुफिन ११० एम्पुलसहित ५ ट्याब्लेट नाईट्रोभेट बरामद गरिएको डीएसपी रानाभाटले बताए । पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>