नवलपुर

कावासोतीमा बालिका बलात्कारको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

Banner

नवलपुर, असोज ८-

नवलपुरको कावासोतीमा एक वृद्धलाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१६ घर भई कावासोती नगरपालिका–१३ मा बस्दै आएका ६५ वर्षीय टेकबहादुर घलेलाई १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घलेलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । कावासोती–१३ का वडा अध्यक्ष विनोद रानाका अनुसार बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको समेत खुल्न आएको छ । बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय नवलपुरमा दोषीमाथि कारबाहीको माग गर्दै जाहेरीसमेत दिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>