नवलपुर

मध्यबिन्दुमा १२ जना डेङ्गुका बिरामी भेटिए

Banner

गङ्गा बिश्वकर्मा ,

नवलपुर,असोज ७-

नवलपुर जिल्लामा डेंगुका बिरामी फेला परेसंगै मध्यबिन्दु नगरपालीकामा पनि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई तिब्र पारिएको छ । यसैक्रममा आज मध्यबिन्दु ६ भण्डरामा लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान संचालन गरिएको छ । मध्यबिन्दु स्वाथ्य शाखा प्रमुख पारेश्वर भुर्तेलले दिएको जानकारी अनुसार हाल सम्म नगरपालीकामा १२ जना डेँगुका बिरामी फेला परेका छन् । यद्यपी संक्रमित बिरामी खतरामुक्त रहेको उहाँले बताउनुभयो । १२ जना मध्ये अझै पनि केही बिरामी अस्पतालमा नै रहेको र अन्य बिरामी उपचारपश्चात घरमा आराम गरिरहेको स्वाथ्य शाखा प्रमुख भुर्तेलले बताउनुभयो ।

पछिल्लो समय लामखुट्टेको टोकाईबाट हुने डेंगु जरोका बिरामी बढ्दै गएपछि यसको रोकथामका लागि बडा न ६ मा अभिमुखीकरण कार्यक्रम सहित लामखुट्टेको बासस्थान नष्ट गर्ने अभिनाय संचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

मध्यबिन्दु नगरपालीका ६ मा रहेका मानिसहरुलाई सचेत गराउनका लागि र डेंगु ज्वरो सार्न सक्ने लामखुट्टे बस्ने सम्भावित स्थानको सरसफाईमा ध्यान दिनका लागि स्वाथ्य शाखा प्रमुख भुर्तेलले प्रशिक्षण मार्फत आग्रह गर्नुभएको थियो । डेंगुबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीहरूबारेमा समेत भुर्तेलले कार्यक्रम मार्फत नै जानकारी दिनुभएको थियो ।

उक्त कार्यक्रममा १०१ जनाको सहभागिता रहेको थियो । लामखुट्टेको टोकाईबाट डेंगु लाग्ने भएकाले यसको रोकथामका लागि घरवरपर सरसफाई गर्ने, पानी जम्ने खाडलहरू पुर्ने, सफा पानी जम्ने स्थानहरुलाई सरसफाई गर्ने गर्नु पर्दछ । हातसम्म नगरभित्रका ७ वटा बडामा यस कार्यक्रम संचालन गरिसकेको र टोल टोलमा पनि कार्यक्रमहरु संचालीत रहेको स्वाथ्य शाखा प्रमुख भुर्तेलको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>