नवलपुर
दशैंको मुखमा खसी चोर्ने गैडाकोटबाट पक्राउ
०

चितवन,असोज ५-
गैंडाकोट प्रहरीले ६ वटा चोर्नेलाई पक्राउ गरेको छ । गैंडाकोट शिलन्यास चोकमा धीरज कुमाल नाम गरेका व्यक्तीले २ वटा खसी लिएर हिँड्दै गर्दा प्रहरीलाई शंका लागेपछि सोधपुछ गर्दा खसी चोरेको स्विकारेको प्रहरीले जनाएको छ । उनिमाथि थप अनुसन्धान गर्दा भरतपुर रमाइलो चोकमा आफ्नो काका पंकज कुमालको घरमा थप खसीहरु रहेको भेटिएको थियो । ती खसिसहित दुवैजनालाई पक्राउ गरी ल्याइएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिपक कुमार कार्कीले बताए ।
उनिहरुले रत्ननगर १४ टाँडीका पशुराम गुरुङ्गको ५ वटा, नन्दराम गरुङ्गको दुईवटा गरी ७ वटा चोरेर ल्याएको बताएको कार्कीले जानकारी दिए । उनिहरुले २ गते खसी चोरेका थिए । प्रहरीले उनीहरुको साथबाट ६ वटा खसी नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>