देश/प्रदेश
म्याग्दीमा बाढीले बगाएर दुई बालिका बेपत्ता
०

बेनी, असोज ५-
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा गए राति बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया प्रविना परियार र बेनी–५ की छ वर्षीया अनुश्का परियार छन् ।
बाढी बस्तीमा पस्दा बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घरमा क्षति पुगेको छ । सो स्थानमा रहेको बुद्ध एकेडेमीको भवन र खेलमैदानमा समेत क्षति पुगको स्थानीयवासी चित्रबहादुर रिजालले जानकारी दिए । प्रहरी र स्थानीयबासीले बेपत्ता बालिकाको खोजी गरिरहेका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>