देश/प्रदेश
मूर्ति सेलाउने क्रममा बेपत्ता युवक मृत फेला
०

राजविराज असोज ३-
विश्वकर्माको मूर्ति सेलाउने क्रममा बेपत्ता भएका एक युवक आज मृत फेला परेका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका–७ स्थित कोशी पश्चिमी नहरमा मूर्ति सेलाउने क्रममा २२ वर्षीय मनिषकुमार यादव बेपत्ता भएका थिए ।
नेपाली सेना, नेपाल प्रहरी स्थानीय बासिन्दासमेतको सहयोगमा मनिषको शव आज फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–२ निवासी यादव राजविराज नगरपालिका–६ स्थित छिन्नमस्ता डेरी उद्योगमा काम गर्दैआएको प्रहरीको भनाइ छ । सोही डेरीमा बनाइएको विश्वकर्माको मूर्ति पूजाआजापश्चात् सेलाउने क्रममा उनी बिहीबार साँझ बेपत्ता भएका थिए ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























