देश/प्रदेश

संविधानलाई सफल पार्न राष्ट्रिय एकतालाई मजबुत बनाऔंः राष्ट्रियसभा अध्यक्ष

Banner

काठमाडौं, असोज ३–

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकलाई एकताबद्ध गर्ने र राष्ट्रिय एकतालाई मजबुत पार्न सबै नेपालीलाई आह्वान गरेका छन् ।

चौथो संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय अखण्डता कायम गर्दै समृद्ध राष्ट्र निर्माण गरी सुखी र खुशी नेपालीको विकसित नेपाल निर्माणका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

संविधानको कार्यान्वयन गर्ने सिलसिलामा सङ्घ, प्रदेश र स्थानीय सरकार आफ्नो जिम्मेवारी पूरा गर्न क्रियाशील रहेको अध्यक्ष तिमिल्सिनाको सन्देशमा उल्लेख छ । सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता तथा समानुपातिक प्रतिनिधित्व प्रणालीलगायत नवीनतम अवधारणा समाविष्ट वर्तमान संविधानले कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, बहुमतको शासन र अल्पमतको रचनात्मक प्रतिपक्षजस्ता संविधानवादका मूलभूत विशेषतालाई अवलम्बन गरेको बताइएको छ ।

‘संविधान प्रदत्त मौलिक हकअधिकार कार्यान्वयनको लागि सङ्घीय संसद्ले आवश्यक कानून निर्माण गरी कार्यान्वयनको चरणमा पुगेको छ’ सन्देशमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>