देश/प्रदेश
आज संविधान दिवस, दिपावली गरेर मनाइदै

चितवन, असोज ३–
आज असोज ३ गते अर्थात् संविधान दिवस । आजकै दिन नेपाली जनताले लामो समयको प्रतिक्षापछि जनताले नै चुनेका प्रतिनिधिबाट संविधान पाएका थिए ।
२०७३ सालमा दोस्रो संविधानसभाले संविधान निर्माण गरेको छ । तराईमा चर्किएको आन्दोलनकै बीच तत्कालिन राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान २०७२ घोषणा गरेका थिए । त्यसैले तराइका धेरै जिल्लाहरुमा आज कालो दिनको रुपमा समेत मनाउन लागेका छन् ।
२०६४ सालमा भएको पहिलो संविधान सभा संविधान निर्माण नै नगरी विघटन भएको थियो । त्यसपछि २०७० सालमा भएको दोस्रो संविधान सभाले विरोधकाबीच पनि संविधान जारी गर्न सफल भएको थियो । संविधान आफैमा पूर्ण नभएकाले यसका केही पक्षलाई संशोधन गर्नुपर्ने आवाज उठ्दै आएको छ । सोही संविधान अनुसार नै अहिले देशमा प्रादेशिक र स्थानीय सरकार निर्माण भएका छन् ।
संविधान दिवसका अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ । सरकारले घरघरमा दिपावली गरेर संविधान दिवस मनाउन आग्रह गरेको छ ।
























