कर्पोरेट

बिमित बिरामीलाई कामना विकास बैँकको चेक

Banner

चितवन, असोज २-

स्वर्णिम सुरक्षित खाताअन्तर्गत एक बिमित बिरामीलाई औषधोउपचार खर्चबापत कामना विकास बैँक लायन्सचोक शाखाले सहयोग गरेको छ ।

आज कार्यालयमा आयोजित एक कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० की सीता भूजेललाई ५६ हजार ३०५ रुपैयांँको चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले यस कार्यक्रमले बैँक प्रतिको विश्वास बढेर गएको बताए । ‘बैंकको काम व्याज र ऋण मात्र लिने ठाउंँ आम जनमानसको बुझाइ रहेको बेला सेवाग्राहीले औषधि उपचार खर्च बापत रकम पाउनु निकैनै सराहनीय विषय हा‘े उनले भने । चाडबाडको बेला बैँकमा आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै उनले बैँक र उवासंघबीच थप सहकार्यको आवश्यकता रहेको बताए । उनका अनुसार उद्योगी व्यवसायी र बैकिङ क्षेत्रको समन्वयमा सुरक्षा योजना कार्यक्रम यसै साता गरिन लागिएको छ ।

सो अवसरका बैँकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले बैँकले स्वर्णिम सुरक्षित खाता सुरुगरेसंँगै यसतर्फ सेवाग्राहीको आर्कषण बढेको बताए । उनका अनुसार बैंकले एक हजारको यस खाता खोलेपछि एक लाख बराबरको मेडिकल खर्च र ७ लाख रुपैयांँ बराबरको दुर्घटना खर्च उपलब्ध गराउंँदै आएको छ । सोही अनुसार बिरामी भुजेलले पाठेघरको ट्युमरको शल्यक्रिया गरेवापत सो दाबी बिमा रकम हात पारेकी हुन् । भुजेलले यस योजनाअन्तर्गत आफूले सहजै उपचार खर्च पाएकोमा खुसी व्यक्त गर्दै बैँक प्रतिको विश्वास अझै बढेको बताइन् । कामना विकास बैँकको देशभर ९९ वटा शाखा रहेका छन् भने चितवनमा मात्रै १३ वटा शाखा सञ्चालनमा छन् । यस वर्ष १२५ वटा शाखा पु¥याउने लक्ष्य बैंकको रहेको शाखा प्रबन्धक सुशील भट्टराईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>