देश/प्रदेश

सर्वेन्द्र खनालः एक सक्षम र शाहसिक महानिरीक्षक 

Banner
चितवन, असोज २–
सर्वेन्द्र खनाल एक परिचित नाम हो । उनले नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक पद सम्हालेको डेढ वर्ष पुगेको छ । नेपाल सरकारले विसं.२०७४ चैत २७ गते खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । २०४६ साल माघ २९ प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका खनालले जिल्ला तह र राजधानीमा गरेको महत्वपूर्ण कार्यलाई यहाँसम्म ल्याई पु¥याउन मद्धत मिल्यो ।
विसं.२०२३ वैशाख १३ गते पिता केदारनाथ खनाल र माता दिव्यालोका खनालको कोखबाट जन्मिएका खनाल निडर स्वभावका व्यक्ति हुन् । आफूले गरेका कामको निश्कर्षमा पु¥याएरै छोड्ने उनको बानी छ । खनालका एक श्रीमती र दुई छोरी छन् । खनालले पब्लिक एडमिनिस्ट्रेसनमा मास्टर अध्ययन पुरा गरेका छन् ।
निडर स्वभाव र कर्तव्यनिष्ट राष्ट्र सेवकको पहिचान बनाएका प्रहरी महानिरीक्षक खनाल प्रहरी सेवामा प्रवेश गरेदेखि नै महत्वपूर्ण जिम्मेवारी पुरा गर्दै आइरहेका छन् । राष्ट्र सेवामा उत्कृष्ट कार्य गरे वापत सुप्रवलजनासेवा श्री, गोरखा दक्षिणवाहु, प्रहरी रत्नलगायत विभिन्न मानपदवी तथा विभूषणबाट विभूषित प्राप्त गरेका छन् ।
प्रहरी महानिरीक्षक खनालले सेवा अवधिमा हासिल गरेका मुख्य उपलब्धिहरू यस्ता छन्ः
१. गुण्डागर्दी एवंम् डाँका नियन्त्रण
प्रहरी निरीक्षक पद र प्रहरी उपरीक्षक पदमा रहेर तराईका धनुषा, बारा, पर्सा जस्ता उच्च अपराध हुने सीमावर्ती जिल्लाहरूमा कमान्डरको रुपमा कार्यरत रहँदा गुण्डागर्दी तथा डाँका नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेका खनालले गुण्डागर्दी, डाँका र सीमावर्ती अपराध नियन्त्रण गरी प्रभावकारी शान्ति सुरक्षा कायम गर्न सफल भए । त्यसले गर्दा नै खनाललाई कर्तव्यनिष्ठ, निडर र स्वच्छ छवीका प्रहरीको रुपमा चिनायो ।
. सशस्त्र एवं भूमिगत समूहविरुद्ध अभियान
बाराको गञ्जभवानीपुरमा ४ जना माओवादीको हत्या गरी भारत अदापुरमा बस्दै आएका भूमिगत संगठनका सैन्य कमान्डर अग्नि भनिने सुनील जैसवाल, १३ जना व्यक्तिको हत्या गरी फरार भएका भूमिगत संगठनका नाइके बारा सुखी पथरा गाविस–८ का भुलावनकुमार पासवानलाई भारतको पटनाबाट, २०६४ मा काँग्रेस कार्यकर्ता फुलचन्द शाह र २०६५ मा जिप्रका पर्साका अधिकृत मोहन मैनालीको हत्या गरी फरार रहेका सशस्त्र भूमिगत समूह जनतान्त्रिक मुक्ति मोर्चा गोइत र ज्वाला समूहमा समेत आवद्ध रहेका जिल्ला सैन्य कमान्डर चौहान सिंह भनिने रवीन्द्र पटेललाई पक्राउ गर्न सफल खनाल सफल भए । यसैगरि यस अभियानका क्रममा सशस्त्र भूमिगत समूहका नाईकेहरु अमिताभ गोईत, राजन मुक्तिका प्रमुखलाई समेत पक्राउ गरी कानुनको दायरामा ल्याउन सफल भएका थिए । जनकपुरलगायत विभिन्न तराईका जिल्लाहरूमा प्रारम्भिक अवस्थामा १०९ वटा सशस्त्र समूह रहेकोमा प्रभावकारी प्रहरी अभियानको प्रभावकारिताको कारण सो संख्या घटेर ४ वटामा सीमित हुन पुगेका थिए ।
३.अन्तर्राष्ट्रिय अपराध नियन्त्रण 
तत्कालीन अञ्चल प्रहरी कार्यालय नारायणीले भारतको विहारस्थित पूर्वी र पश्चिम चम्पारणमा ३६ जनाको हत्या गरी फरार अपराधी बब्लुदुबेलाई नेपालमा पक्राउ गरेर भारतीय प्रहरीलाई हस्तान्तरण गरेको थियो । अञ्चल प्रहरी कार्यालयले अख्तियार गरेको सीमावर्ती अपराध नियन्त्रणको रणनीति अनुसार कुख्यात भारतीय अपराधी दुबेलाई पक्राउ गरेको थियो ।
४.बाल विवाह र दाईजो प्रथाविरुद्ध अभियान
तत्कालिन अञ्चल प्रहरी कार्यालय नारायणीको कमाण्डरको रुपमा कार्यरत रहँदा तराईका जिल्लाहरूमा व्याप्त रहेका बाल विवाह, दाइजो जस्ता कुप्रथाहरू विरुद्ध जनचेतनामुलक अभियान सञ्चालन गरी यस्ता कुप्रथाहरु नियन्त्रण गर्न सफल भएका थिए । स्थानीय भाषामा सडक नाटक, लघू चलचित्र जस्ता जनचेतनामुलक सामग्री र स्थानीय कलाकारहरुको समेत सहयोग लिई स्थानीय समुदायको प्रभावकारी परिचालनबाट कुप्रथा विरुद्ध चेतना जागृत गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
५.प्रभावकारी शान्ति सुरक्षा कायम (२०६२/६३)
जिल्ला प्रहरी कार्यालय काठमाण्डौंको प्रमुखको रुपमा २०६२/६३ को जनआन्दोलनको कारण उत्पन्न अस्थिरता एवं अनिश्चितताको अवस्थामा समेत उत्पन्न हुनसक्ने गम्भीर चुनौती एवं खतरालाई सम्बोधन गर्दै शान्ति सुरक्षा कायम खनाल राख्न सफल भएका थिए ।
६. मुठभेडमा गुण्डा नाईके कुमार श्रेष्ठ ‘घैंटेको’ मृत्यु
महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले अपराध तथा गुण्डागर्दी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी कार्य सम्पादन गर्ने क्रममा व्यापारी, म्यानपावर कम्पनि, स्कुल, कलेज, ठेका पट्टा व्यवसायी आदिलाई त्रसित बनाई हप्ता असुल्ने तथा टेन्डर प्रकृयामा गुण्डागर्दी गरी रकम असुल्दै आएका कुमार घैंटे र प्रहरीबीच मुठभेड हुँदा प्रहरीलाई आक्रमण गरेकाले प्रतिकार गर्ने क्रममा २०७२ भदौ ३ गते कुमार श्रेष्ठ ‘घैंटे’ मृत्यु भएको थियो ।
७. पेट्रोलियम पदार्थको संगठित ठगी नियन्त्रण
प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले नेतृत्व गरेको महानगरीय अपराध महाशाखाले उपभोक्ताले तिरेको रकम भन्दा न्यून परिमाणमा पेट्रोलियम पदार्थ बिक्री गरी संगठितरुपमा ठगी कार्यमा संलग्न पेट्रोल पम्प सञ्चालक र सो कार्यमा मिलोमतो गर्ने नापतौल तथा गुणस्तर विभागका तत्कालीन महानिर्देशक राम आधार साह तथा नेपाल आयल निगम थानकोट डिपो प्रमुख रविन शर्मालाई समेत अनुसन्धान गरी कानुनको दायरामा ल्याउन सफल भएको थियो । पम्पमा चिप्स जोडेर रिमोटमार्फत उपभोक्तालाई कम तेल दिने पम्प संचालक र गिरोहलाई संस्थागत रुपमा सहयोग गरेको पुष्टि भएपछि महाशाखाले यस ठगीका ‘मास्टरमाइन्ड’ साहलाई २०७२ मंसिर २७ गते पक्राउ गरेको थियो ।
८. बडिखेल हत्याकाण्डको सफल अनुसन्धान
२०६० साल असोज १६ गते ललितपुरको बडिखेलमा भानु नगरकोटीसहित उनकी श्रीमती, छोरा र छोरीसहित ५ जना सदस्यहरुको विभत्स हत्या भई वर्षौसम्म  अनुसन्धान हुन नसकेको अवस्थामा महानगरीय अपराध महाशाखाको सक्रियता र सुझबुझ पूर्ण अनुसन्धानबाट उक्त हत्यामा संलग्नचन्द्र बहादुर पहारीलाई घटना भएको १२ वर्षपछि पक्राउ गरी कानुनको दायरामा ल्याउन सफल भएको थियो ।
९. ११७७ नं टोल फ्रि नं जडान 
अपराध महाशाखाको प्रमुख रहँदा देशभर तथा विदेशमा समेत लगी मानव बेचबिखनमा परी असाह वा अलपत्रमा परेका नेपाली नागरिकले देश तथा विदेशका जुनसुकै देशबाट समेत निःशुल्क सूचना दिन सक्ने गरी ११७७ नं को टोल फ्रि नं. जडान गरेको थियो । उक्त नं मा आएको सूचना गुनासोको आधारमा हालसम्म ५९३ जना विदेशमा अलपत्र परेका तथा बेचबिखनमा परेकाहरूको उद्धार गरी नेपाल ल्याउन सफल भएको थियो ।
१०.म्यानपावर तथा शैक्षिक परामर्श कार्यालयका गैरकानुनी कार्यविरुद्ध कानुनी कारवाही
अपराध महाशाखा प्रमुख वैदेशिक रोजगारीका नाममा विभिन्न म्यानपावर कम्पनीले नेपाली नागरिकलाई ठगी गर्ने, विदेशमा लगेर अलपत्र पार्ने तथा शैक्षिक परामर्शका नाममा ठगी गर्ने, सम्बन्धित निकायमा दर्ता नगरी कारोबार गर्ने विरुद्ध कानुनी कारवाही गरिएको ।
११.फुटबलमा ‘म्याच फिक्सिङ’को सफल अनुसन्धान
महानगरीय अपराध महाशाखाले राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा फुटबल खेल्ने फुटबल टिमका सदस्यहरुले सट्टेबाजहरुबाट पैसा लिई हार्नको लागि खेल्ने अर्थात ‘म्याच फिक्सिङ’ गर्ने कार्यमा संलग्न खेलाडी तथा प्रशिक्षकलाई पक्राउ गरेको । नेपालमा पहिलो पटक अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा म्याच फिक्सिङ हुने गरेको तथ्य सफलता पूर्वक अनुसन्धान भएको थियो । ततपश्चात सो सम्बन्धमा नेपालमा कानुनी प्रावधान समेत निर्माण भएको थियो ।
१२. विद्युत चोरीमा संलग्न पक्राउ 
अपराध महाशाखा प्रमुख रहँदा काठमाण्डौ उपत्यका भित्र विद्युतको मिटर बिगारी कम अंक देखाई विद्युत चोरी कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गरेका थिए । निजहरूले सिल समेत फोडी मिटर उल्टो घुमाइ अंक कमदेखाई ठगी गर्ने गरेको भेटिएको थियो ।
१३.काठमाण्डौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार 
महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखको रुपमा कार्यरत रहँदा प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन आफ्नै पहलमा ट्राफिक लाईट जडान गर्ने, पर्यटकीय स्थल ठमेललाई सवारी निषेधित क्षेत्र (Vehicle Free Zone) बनाउने लगायतका नविनतम कार्यहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समेत प्रशंसा भएको थियो । यस प्रकृतिका अभियानहरुबाट ट्राफिक व्यवस्थापनमा नयाँ दृष्टिकोण समेत उजागर भएको थियो ।
१४.प्रहरीको साधन स्रोत अभिवृद्धि गर्न सफल
प्रहरी महानिरीक्षक खनालले अख्तियार गरेको ‘एक प्रहरी चौकी, एक सवारी साधन’को नीति अनुसार प्रहरी प्रधान कार्यालयले देशभरका ८४० प्रहरी चौकीहरूलाई मोटरसाईकल वितरण गरेको छ । यसैगरि प्रधान कार्यालयले प्रहरी कार्यालयहरुको लागि १४५ वटा सवारी साधन र भिआईपी सवारीका रकेडमा प्रयोग हुने ३० वटा मोटरसाईकल समेत खरिद गरेको छ । सबै प्रदेश प्रहरी कार्यालयहरूको लागि १ वटा वाटर केनन ९धबतभच अबललयल० खरिद गर्ने प्रकृया अगाडि बढाएको छ ।
प्रहरी कार्यालयहरुलाई भौतिक पूर्वाधारसम्पन्न गर्ने क्रममा ११८ वटा प्रहरी कार्यालयहरुको निर्माण सम्पन्न भएको छ । २०७२ को विनाशकारी भूकम्पमा क्षतिग्रस्त भई वर्षौदेखि ‘पाल’बाट कष्टकर रुपमा सेवा प्रवाह गर्दै आएका महानगरीय प्रहरी परिसर काठमाण्डौं र महानगरीय अपराध महाशाखाको लागि नेपाल सरकारबाट जग्गा उपलब्ध गराई अत्याधुनिक भवन निर्माणको शिलान्यास समेत भइसकेको ।
१५. समुदाय–प्रहरी साझेदारी 
अपराध रोकथाम र सामुदायिक सुरक्षा कायम राख्ने कार्यमा समुदायको भुमिकाको महत्वलाई आत्मसात गरी समुदायलाई समेत साथमा लिई अपराध रोकथाम र सामुदायिक सुरक्षा कायम राख्न समुदाय र प्रहरीबिच सहकार्य गर्ने दिगो एवं व्यवस्थित संयन्त्रको विकास गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अघि सारेको समुदाय–प्रहरी साझेदारी अवधारणा हाल देशभर लागू भईरहेको छ । प्रहरी–स्थानीय तह–समुदाय–सामाजिक संघसंस्था–विद्यालयबीच साझेदारीको स्थायी संयन्त्र निर्माण भएको छ । जिल्ला, पालिका, वडा, टोल र विद्यालय स्तरमा गरी २२ हजार ३५४ साझेदारी समितिहरुको निर्माण भई देशभर यो अवधारणा लागू भइरहेको छ । देशभर २४३० CCTV जडान भएका छन् । यस कार्यक्रमबाट कुल ६३ लाख नागरिकहरू लाभान्वित भएका छन् ।
१६. नेपाल प्रहरीले बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट स्थान हाँसिल गर्न सफल
नेपाल प्रहरीले गृह मन्त्रालय र अन्तर्गतका कार्यालयहरूमा बेरुजू फछ्र्यौटमा सर्वोकृष्ट स्थान हासिल गर्न सफल भएको छ । आ.व.२०७३/०७४ सम्म कायम कुल बेरुजू  रू.६८,४१,७०,००० को ८५.१४५ फछ्र्यौट गरी सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नेपाल सरकार मन्त्रीस्तरीय निर्णय बमोजिम नेपाल प्रहरी पुरस्कृत हुन सफल भएको थियो ।
१७. सुशासनमा उत्कृष्टता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार सेवा प्रवाहमा सबैभन्दा न्यून भ्रष्टाचार हुने सरकारी निकाय नेपाल प्रहरी हो । सेवा प्रवाहमा अधिकतम भ्रष्टाचार हुने निकायमा ३०.५ ५ सेवाग्राहीले भ्रष्टाचार हुने गरेको उल्लेख गरेकोमा अख्तियारको प्रतिवेदनले नेपाल प्रहरीको सेवा प्रवाहमा भने ०.१ प्रतिशत सेवाग्राहीले मात्र भ्रष्टाचार हुने गरेको औल्याए ।

–ASOCIO 2018 Digital Government Award

सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत जापानस्थित Asian-Oceanian Computing Industry Organization (ASOCIO) द्वारा नेपाल प्रहरीलाई ASOCIO 2018 Digital Government Award  प्रदान गरिएको थियो ।

–Digital Governance ICT Award 2018

सूचना प्रविधिको प्रभावकारी उपयोगद्वारा नागरिकलाई सहज एवं सुलभ सेवा प्रवाह लागी Living with ICT द्वारा “Digital Governance ICT Award 2018” द्वारा नेपाल प्रहरी सम्मानित भएको थियो ।
१८.संयुक्त राष्ट्र संघीय शान्ति स्थापना मिसनमा योगदान
प्रहरी महानिरीक्षक खनालले संयुक्त राष्ट्र संघीय शान्ति स्थापना मिसन अन्तर्गत द्वन्द्वग्रस्त राष्ट्र पूर्वी युगोस्लाभिया र हाईटिमा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । महानिरीक्षक खनालले पूर्वी युगोस्लाभियामा UN Civilian Police र हाईटिमा PU Commander को रुपमा स्थायित्व र शान्ति कायम राख्न विशिष्ट योगदान पु¥याएका थिए ।
१९.संयुक्त राष्ट्र संघीय प्रधान कार्यालयमा योगदान 
प्रहरी महानिरीक्षक खनालले संयुक्त राष्ट्र संघीय प्रधान कार्यालय (DPKO) न्यूयोर्कमा समेत प्रोफेसनल लेभलमा शान्ति स्थापना सम्बन्धी नीति निर्माण तहमा रहि विज्ञको रुपमा कार्य सम्पादन गरिसकेका छन् ।
प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले थप धेरै कार्यहरु गरेका छन् । उनले पद बहाली पश्चात हालसम्म सम्पादन गरेका महत्वपूर्ण उपलब्धि यसप्रकारका छन् ।
१.अपराध नियन्त्रण तथा अनुसन्धानः
प्रहरी महानिरीक्षक खनाल अपराध नियन्त्रणमा निकै सक्रिय भएर लागि परेका छन् । आर्थिक वर्ष २०७५/७६ मा अपराध अनुसन्धानतर्फ ४३ हजार ४७ मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष २०७३/७४ मुद्दा दर्ता ३१ हजार ४६२ र २०७४/०७५ मुद्दा दर्ता ३९ हजार ३१५ भएकोमा यसवर्ष अघिल्लो आवको तुलनामा मुद्दा दर्ता संख्यामा ९.४९५ प्रतिशतले वृद्धि भएको छ ।
शीर्षकगत रुपमा मुद्धा दता तुलना गर्दा सबैभन्दा बढी सामाजिक अपराध ९११,१८६० शीर्षक अन्र्तगत घटनाहरु बढी भएको पाईएको छ । प्रदेशगतरुपमा अध्ययन गर्दा काठमाण्डौं उपत्यकामा सबैभन्दा बढी १०,४०७ मुद्दा दर्ता भएको पाईएको छ ।
यस्तै मिसिलको विद्युत्तीय अभिलेखिकरण (Case file Digitization) को योजना अनुरुप ७३ वटा प्रहरी कार्यालयहरुमा सफ्टवेयर संचालनमा ल्याईसकिएको र हाल सम्म ३६ हजार २८४ वटा मिसिलहरु अपलोड भइसकेको छ ।
नेपाल प्रहरीका विशिष्टकृत इकाईहरु मानब बेचबिखन अनुसन्धान ब्युरो र साईबर ब्युरो स्थापना भई कार्यान्वयनमा आएका छन् । आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्त सम्मको फैसला कार्यान्वयनको अवस्था अनुसार २ हजार ३६२ जना मध्ये २ हजार ३०२ जनालाई वर्ष २ महिना २२ दिन कैद, र ३९ करोड ३७ लाख ३४ हजार २८ रुपैयाँ जरिवाना असुल उपर भएको छ ।
यस्तै प्रहरी महानिरीक्षक खनालकै कार्यकालमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो प्रादेशिक सम्मेलन २०७६ जेठ १० र ११ गते जनकपुर, जेठ १७ र १८ गते धनगढी र जेठ ३१ र ३२ गते काठमाण्डौमा गरिएको छ । यो पनि अपराध अनुसन्धानको महत्वपूर्ण पाटो थियो ।
यस्तै लैङगिक हिंसा नियन्त्रण गर्नको लागि लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन बिधि, २०७५ अनुसार जेष्ठ महिनासम्म स्थानियस्तरमा जिल्लास्तरीय ७६ वटा (मनाङ बाहेक), महानगरपालिका ४, उप–महानगरपालिका–८, नगरपालिका–२१५, गाउँपालिका–३१०, वडा स्तरीय–३६६५ गरी ४२७८ वटा लैङगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको छ ।
त्यस्तै प्रहरी विधि विज्ञान प्रयोगशाला, धरानको एक तल्ले नवनिर्मित भवन र क्षेत्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगंजको एक तल्ले नवनिर्मित भवन सम्पन्न भएर संचालनमा आएको छ । केनाईन भेईकल र फरेन्सिक मोबाईल भ्यान  समेत सेवा संचालनमा ल्याईएको छ ।
यसैगरी अपराध अनुसन्धानका लागि विशेष अनुसन्धान ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, लागूऔषध नियन्त्रण व्युरोका स्याटेलाईट युनिटहरु सबै संघीय प्रहरी इकाई कार्यालयहरुमा स्थापना गरिएको छन् ।
यसैगरी विभिन्न सिमानाकाहरुबाट प्रभावित महिला १६०४, बालक २१३ र बालिका ५२७ जनाको उद्धार गरिएको छ ।
२.लागूऔषध बरामद (२०७५ वैशाख १ गतेदेखी २०७६ असार मसान्तसम्म)
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषध नियन्त्रणलाई समेत विशेष प्राथमिकता दिएका छन् । पछिल्लो तथ्यांक हेर्दा यसको नियन्त्रणको कार्य सन्तोषजनक देखिन्छ । प्रहरीले यस अवधिमा गाँजा ११ हजार ५८० केजी, चरेश २ हजार ९६६ केजी, हेरोईन र कोकिन १२ केजी, अफिम ४२ केजी बरामदसंगै ६ हजार ९७१ जना पक्राउ परेका छन् ।
३.अवैध हातहतियार तथा बिस्फोटक पदार्थ बरामद (२०७५ वैशाख १ गतेदेखी २०७६ साउन मसान्तसम्म)
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवैध हातहतियार नियन्त्रणलाई समेत विशेष प्राथमिकता दिएका छन् । सो क्रममा पेस्तोल ५७, रिभल्वर ६, कटुवा पेस्तोल ५२, बन्दुक ३७, भरुवा १५५ गरी २८९ हातहतियार बरामद गरेको छ ।
४.राजश्व चुहावट नियन्त्रणः
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालमै ३ अर्ब, ८ करोड, ३३ लाख, ६४ हजार ५४६ रुपैयाँ बराबरको राजश्व योगदान दिइएको छ । राजश्वको विवरण यसप्रकारको छ ।
–ट्राफिक कारवाहीतर्फः १,०८,२८,६८,६००/–
–अवैध सुन बरामदतर्फः ६७,४७,७४,४९८/–
–भन्सार छली (बरामद)तर्फ ९१,८६,२४,३६७/–
–फैसला कार्यान्वयन (बिगो असुल)तर्फः ४०,७०,९७,०८१/–
५.अन्तर्राष्ट्रिय समझदारी
–नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतारका Public Security Director General Sayd Bin Jassim Al Khulaifi बीच सुरक्षा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न ।
–समझदारीबाट दुई राष्ट्रका प्रहरी संगठनहरुबीचको व्यवस्थित सूचना आदानप्रदान तथा संयुक्त कारबाहीमा सहजता ।
–संगठित अपराध, जटिल अन्तर्देशीय अपराध एवं आतङकवाद जस्ता अपराधको नियन्त्रणमा उल्लेख्य सहयोग पुग्ने ।
६.अन्तर्राष्ट्रिय प्रहरी समन्वयः इन्टरपोल टुल्सको प्रयोग
INTERPOL Exchange of Cooperation बाट नेपालमा अपराध गरी फरार रहेका ६ जना नेपालीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याईको छ ।
रेड नोटिसः २०७५ पछी १७ जारी गरेकोमा कुल ३२ वटा Valid notice रहेको ।
डीफ्युजनः यसवर्ष २८ जारी गरेकोमा कुल ३५ वटा Valid notice रहेको ।
नेपाल प्रहरी र अध्यागमन विभागबीच समझदारीपत्रमा हस्ताक्षर भई INTERPOL को Database मा access दिइएको ।
विभिन्न देशका कानुन कार्यान्वयन ईकाईका प्रतिनिधीहरु, प्रशिक्षकहरुको सहभागितामा नेपाल प्रहरी र INTERPOL को आयोजनामा Post Blast Investigation, Human Trafficking लगायतका तालिम सञ्चालन गरिएको ।
७. अन्तर्राष्ट्रिय सम्मेलनको सुरक्षा
–२०७५ भदौं १४ र १५ गते काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास बिमस्टेककोे चौथो सम्मेलन सम्पन्न गरिएको ।
–२०७५ मंसिर १५ र १६ गते काठमाडौंमा एशिया प्यासिफिक समिट २०१८ सम्मेलन सम्पन्न गरिएको ।
–२०७५ चैत १५ र १६ गते काठमाडौंमा नेपाल इन्भेष्टमेन्ट समिट–२०१९ सम्मेलन सम्पन्न गरिएको ।
८.विध्वंसात्मक गतिविधि नियन्त्रण
–प्रतिबन्ध पश्चात पक्राउः ६७१
–प्रतिबन्ध पश्चातमुद्धा दर्ताः ६१८
–प्रतिबन्ध पूर्व पक्राउः १३०५
–प्रतिबन्ध पूर्व मुद्धा दर्ताः १,१३३
–जम्मा पक्राउः १ हजार ९७६ जना ।
–जम्मा मुद्धा दर्ताः १ हजार ७५१ ।
९.ट्राफिक व्यवस्थापन
उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि ३ महिने कार्ययोजना बनाई कार्यान्वयन  गरिएको छ । ट्राफिक व्यवस्थापनतर्फ करीडोरको अण्डरपास खोल्ने, फुटपाथ हटाउने, चालक, सहचालक प्रशिक्षण कार्यक्रम, जेब्रा क्रसिङ निर्माण गर्ने, बस पकेट नियमन गर्ने, प्रदेशमा रिफ्रेस सेन्टरको स्थापना र सञ्चालन, प्रदूषण नियन्त्रण र चेक जाँच, सवारी साधन निषेधित क्षेत्र (पशुपति र ठमेल क्षेत्र), स्मार्ट ट्राफिक लाइट लागि पहल, पिक एण्ड ड्रपको लागि निश्चित स्थान तोक्ने काम भईरहेका छन् ।
१०.विपद् उद्धारमा नेपाल प्रहरी
नेपाल प्रहरीले विपद्को बेलामा उद्धारको कार्यमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । यस समयमा चार हजार ९९७ घटना भएका छन् भने ३७ हजार १८४ प्रहरी परिचालन भएका छन् । सो कार्यक्रममा एक हजार ७४५ जनाको उद्धार गरिएको छ भने ५६९ जनाको शव व्यवस्थापन गरिएको छ ।
११.स्रोत व्यवस्थापन
एक प्रहरी चौकी, एक सवारी साधनको नीति अनुसार विभिन्न कार्यहरु भएका छन् । यस अन्तरगत  ८४० वटा मोटरसाइकल वितरण भएका छन् । त्यस्तै सातै प्रदेशका लागि वाटर केनन खरिदका लागि सम्झौता गरिएको छ । प्रहरीले यसतर्फ १४५ सवारी साधन खरिद गरेको छ भने सवारी कारकेडका लागि ३० थान मोटरसाइकल खरिद गरिएको छ । यस्तै नयाँ स्थापना गरिएका ब्यूरोहरूको लागि आवश्यक मेसिनरी, औजार एवं उपकरण खरिदको क्रममा रहेको छन् ।
१२. आर्थिक सुशासन   
नेपाल प्रहरीको अर्को महत्वपूर्ण पाटो हो आर्थिक सुशासन । यसमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निकै सजग छन् । यसलाई उनले कार्यकुशलता देखाएका कारण प्रहरी संगठन पुरस्कृत भएको थियो ।     बेरुजु फछ्र्यौटमा गृह मन्त्रालय र अन्तर्गतका कार्यालयहरूमा सर्वोकृष्ट स्थान हासिल गर्न सफल भएकोमा नेपाल सरकार मन्त्रीस्तरीय निर्णय बमोजिम नेपाल प्रहरी पुरस्कृत भएको थियो । बेरुजु फछ्र्यौट आर्थिक वर्ष २०७३/०७४ सम्म कायम कुल बेरुजू ६८,४१,७०,००० को ८५.१४५ फछ्र्यौट ।
–आर्थिक वर्ष २०७४/७५ सालसम्म कायम बेरुजू रु. ६१,१३,८९,०००।– मध्ये २०७६ असार मसान्तसम्म ८८.५०५ फछ्र्यौट गरी आर्थिक अनुशासनमा निरन्तर सफलता हासिल ।
–भ्रष्टाचार विरुद्धको शून्य सहनशिलताको निती अंगिकार गरी प्रहरी सेवा प्रवाह गर्ने क्रममा प्रहरीलाई प्रभावमा पार्न आर्थिक प्रलोभनमा पार्न खोज्ने १७५ व्याक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको छ ।
भौतिक पूर्वाधार विकास
निर्माण सम्पन्न भौतिक पूर्वाधारः ११८
निर्माणाधिन भौतिक पूर्वाधारः १०४
–प्रहरी प्रधान कार्यालयलाई थप भौतिक सुविधा सम्पन्न बनाउन Auditorium हल निर्माणको क्रममा ।
–महानगरीय प्रहरी परिसर काठमाण्डौं र महानगरीय अपराध महाशाखाको लागि सुविधा सम्पन्न एवंम आधुनिक कार्यालय भवनको शिलान्यास।
–नेपाल पुलिस क्लवको सुविधा सम्पन्न भवन शिलान्यास ।
निःशुल्क जग्गा प्राप्ति
–नेपाल प्रहरीलाई कुल जग्गा प्राप्तिः २५६९ रोपनी
ट्राफिक प्रोत्साहन भत्ता
–महानगरीयट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ट्राफिक प्रहरीको मनोबल अभिवृद्धिका लागि प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ मन्त्रिपरिषदबाट पारित भई लागू भएको ।
सुशासनमा उत्कृष्टता
–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार सेवा प्रवाहमा सबैभन्दा न्यून भ्रष्टाचार हुने सरकारी निकाय नेपाल प्रहरी हो । सेवा प्रवाहमा अधिकतम भ्रष्टाचार हुने निकायमा ३०.५ ५ सेवाग्राहीले भ्रष्टाचार हुने गरेको उल्लेख गरेकोमा अख्तियारको प्रतिवेदनले नेपाल प्रहरीको सेवा प्रवाहमा भने ०.१ प्रतिशत सेवाग्राहीले मात्र भ्रष्टाचार हुने गरेको औल्याएको छ ।

Asia Environmental Enforcement Award 2018

–संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रम अन्तर्गत “Asia Environmental Enforcement Award 2018”प्राप्त गर्न सफल भएको

ASOCIO 2018 Digital Government Award

–सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत जापान स्थित Asian-Oceanian Computing Industry Organization (ASOCIO) द्वारा “ASOCIO 2018 Digital Government Award”  प्रदान ।

Digital Governance ICT Award 2018

–सूचना प्रविधिको प्रभावकारी उपयोगद्वारा नागरिकलाई सहज एवं सुलभ सेवा प्रवाह लागी Living with ICT द्वारा “Digital Governance ICT Award 2018” द्वारा सम्मानित ।
समुदाय–प्रहरी साझेदारी
समझदारीपत्र (MoU): साझेदारीको आधार स्तम्भ
–७५३ स्थानीय तहसँग ‘समुदाय–प्रहरी साझेदारी’ कार्यान्वयनको लागि समझदारी (Memorandum of Understanding)  भएको ।
समुदाय–प्रहरी साझेदारीअन्र्तगत साझेदारी समितिहरुको निर्माण
देशभर कुल २२,३५४ समितिहरू गठन भईसकेका छन् । जसअन्तरगत समुदाय–प्रहरी जिल्ला समिति ७७, समुदाय–प्रहरी पालिका समिति ७४९, समुदाय–प्रहरी वडा समिति ६,३३६, समुदाय–प्रहरी टोल समिति ७,३०३, प्रहरी विद्यालय सम्पर्क समिति ८८९ रहेका छन् ।
सुरक्षा पाठ्यक्रम र सामग्री विकासः 
५० वटा जनचेतनामुलक श्रव्यदृष्य सामग्रीहरुको निर्माण भईसकेका छन् । आधारभूत सुरक्षा, महिला तथा बालबालिका, साईवर सुरक्षा, सडक सुरक्षा, लागूऔषध नियन्त्रण, घरेलु हिंसा, प्रहरी सेवा, वातावरण सुरक्षालगायतका विषयहरुमा जनचेतनामुलक सामग्रीहरु निर्माण भइरहेका छन् ।
यस्तै सामुदायिक सचेतना कार्यक्रमहरु पनि भइरहेका छन् । हालसम्म पाँच हजार ४९१ वटा कार्यक्रमहरु भएका छन् । जसमा पाँच लाख ६२ हजार ६६३ जना सहभागि भएका छन् । सोही कार्यक्रम मार्फत करिव ७ लाख पर्चा पम्प्लेट समेत वितरण गरिएको छ ।
त्यस्तै प्रहरी विद्यालय सम्पर्क कार्यक्रमहरु पनि भएका छन् । जसअन्तरगत दुई १९१ वटा कार्यक्रमहरु भएका छन् । जसमा ३ लाख २६ हजार ५६४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । सोही कार्यक्रममा १२ हजार ८६५ जना अभभावक र १७ हजार ८६२ जना शिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।
प्रहरी महानिरीक्षकले विभिन्न कार्यक्रमहरुलाई अगाडि बढाइरहेका छन् । उनले ‘प्रहरीसंग एक दिन’ कार्यक्रम समेत संचालन गरेका छन् । समुदाय–प्रहरी साझेदारीअन्र्तगत ६३४ वटा विद्यालयका विद्यार्थीहरुलाई प्रहरी कार्यालयको भ्रमण गराई ‘प्रहरीसँग १ दिन कार्यक्रम गरिएको थियो । यस्तै सुरक्षाका लागि समुदाय–प्रहरी साझेदारी पश्चात सीसीटिभीहरु जडान गरिएका छन् । सातवटै प्रदेशमा दुई हजार १५४ वटा सीसीटिभी जडान भएका छन् । सो अन्तरगत प्रदेश १ मा ३९७ वटा, प्रदेश २ मा २०५ वटा, प्रदेश ३ मा १८४ वटा, काठमाण्डौं उपत्यकामा ३६५ वटा, गण्डकी प्रदेशमा ३९४ वटा, प्रदेश ५ मा २२९ वटा, कर्णाली प्रदेशमा २१५ वटा र सुदुरपश्चिम प्रदेशमा १६५ वटा सीसीटिभी जडान भएका छन् ।
सुरक्षा अभिवृद्धिमा समुदायको साझेदारी निकै प्रशंसनीय छ । समुदाय–प्रहरी साझेदारी कार्यान्वयन पछिको अवधिमा प्रहरी सेवा प्रभावकारी बनाउन समुदायबाट करिब २८ करोड ९० लाख ८२ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ । ती सहयोगबाट जग्गा खरिद, भौतिक संरचना र सामग्री खरिद, सीसीटिभी खरिद, सवारी साधन खरिद, जनचेतनामुलक सामग्रीहरु र एलइडी टेलिभिजन सेटहरु रहेका छन् ।
यस्तै समुदाय–प्रहरी साझेदारीका विभिन्न कार्यक्रमहरू जस्तैः विद्यालय सम्पर्क कार्यक्रम, सामुदायिक गस्ती, श्रव्यदृष्य माध्यम, प्रहरीसँग १ दिन, सार्वजनिक सुनुवाई आदी मार्फत ५३ लाख २१ हजार २४१ जना नागरिकहरूसँग प्रहरीको योजनाबद्ध अन्तरक्रिया कार्यक्रमहरु भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>