चितवन विशेष

इक्यान चितवनको अध्यक्षमा डल्लाकोटीको उम्मेद्वारी घोषणा

Banner

चितवन, असोज १–

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवन शाखाको अधिवेशन नजिकिएसंगै चुनावी सरगर्मी बढेको छ ।

यसपटकको अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत हुने संभावना धेरै न्यून बनेको छ । एक पक्षका शैक्षिक परामर्श व्यवसायीहरुले आज (बुधबार) निर्वाचनका लागि प्यानलनै घोषणा गरेका छन् ।

एक कार्यक्रमकाबीच धवन रिक्रेसन भरतपुरमा चुनावी प्यानल घोषणा गरिएको हो । नयाँ नेतृत्वको लागि एकराज डल्लाकोटी अध्यक्ष रहने गरी प्यानल घोषणा गरिएको हो । घोषणा गरिएको प्यानलको उपाध्यक्षमा समुन्द्र अर्याल, सचिवमा हेमराज सिग्देल (हरी), कोषाध्यक्षमा दीपकचन्द्र भट्टराई, सदस्यहरुमा किशोर सुवेदी, भविन्द्र घिमिरे र लक्ष्मण कँडेल रहेका छन् ।

प्यानल घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार डल्लाकोटीले संस्थासंगै शैक्षिक परामर्श व्यवसायीहरुलाई बलियो बनाउने आफ्नो अभियान रहने प्रतिवद्धता जनाए । उनले व्यवसायीहरुसामु विभिन्न प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा इक्यान चितवनका अध्यक्ष भानुभक्त खरेल, संस्थापक अध्यक्ष सोमबहादुर कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

इक्यान चितवनको अधिवेशन यही असोज ३ गते शुक्रबार मेघौलीमा हुँदैछ । सोही अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>