नवलपुर

देवचुलीमा भैंसीले दुई वटा पाडा जन्मायो

Banner

नवलपुर, भदौं ३०–

नवलपुरको देवचुली नगरपालिकाका किसानको एउटा भैसीले एकैचोटी दुई वटा पाडा जन्माएको छ ।

देवचुली–९, विशालटार निवासी चन्द्रप्रसाद आचार्यको भैसींले दुई वटा पाडा जन्म दिएको हो । भैसींले बच्चा जन्माउन नसकेपछि पशु प्राविधिक सत्यराज भुषालले दुई वटै पाडालाई सकुशल निकालेका हुन् । भुषालका अनुसार दुवै वटा पाडा र भैंसीको स्वास्थ्य अवस्था राम्रो छ ।

गाईभैंसीले दुई वटा बच्चा जन्माउने घटना बिरलै हुने गरेको भुषालले बताए । दुईवटा शुक्रकिट र दुईवटा अण्ड एकैचोटी फर्टिलाईजेसन भएमा वा फर्टिलाईजेसन भइसकेपछी सोही दिनमै टुक्रिएर दुईवटा भएमा जुम्ल्याहा जन्मन्ने भुषालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>