देश/प्रदेश

नवलपुरको विनयीखोलामा नौ करोडको लागतमा पुल निर्माण

Banner

कावासोती, भदौ ३०-
नवलपरासी पूर्व नवलपुरको विनयीखोलामा रु नौ करोडको लागतमा पुल निर्माण गरिएको छ । विनयीत्रिवेणी गाउँपालिका–४, अन्तर्गत पर्ने विनयीखोलामा नेपाल सरकारको केन्द्रीय बजेटबाट पुल निर्माण गरिएको हो ।

दुम्किबासबाट पाल्पाको रामपुर हुँदै स्याङ्जासम्म जोड्ने सडकअन्तर्गत विनयीखोलामा पुल बनेपछि सर्दीसहित नवलपुरका पहाडी क्षेत्र र पाल्पाका बासिन्दालाई आवतजावत सहज हुने भएको छ ।  विनयीखोलामा पुल बनेपछि स्थानीयवासी खुशी भएका छन् । यस खोलामा पुल नहुँदा बर्सेनिजसो वर्षाको समयमा खोला तर्दा दुई/तीन जनाले ज्यान गुमाउने गरेको स्थानीयवासी यादव पौडेलले बताए । अब वर्षाका बेलामा पुलबाट नै आवतजावत गर्न सकिने भन्दै यादवले खुशी व्यक्त गरे ।

विनयीखोलामा पुल बनेपछि आवताजावतसँगै पहाडी क्षेत्रमा उत्पादन हुने कृषि उपज दुम्किबास हुँदै आसपासका अरुणखोला, बर्दघाट, बुटवल, कावासोती, नारायणगढसम्मका बजारमा पुर्‍याएर बजारीकरण गर्न सहज हुने विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए । पुल नहुँदा वर्षाको समयमा यो सडकखण्ड नै बन्द हुने गर्दथ्यो ।

बाढीका कारण वर्षामा यातायात सञ्चालनमा समस्या हुँदै आएकामा पुल बनेपछि अब यो समस्या हटेको अध्यक्ष जिसीले बताए । पाँच वर्षमा पुल निर्माण सम्पन्न भएको हो । पुल १६५ मिटर लम्बाइ र ७।६० मिटर चौडाइको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>