देश/प्रदेश
त्रिविलाई एमबीबीएसको प्रवेश परीक्षा सञ्चालन गर्न सर्वाेच्चले बाटो खोल्यो
०

काठमाडौँ, भदौं २९-
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयले एमबीबीएसको प्रवेश परीक्षा रोक्ने गरी यसअघि आफैंले दिएको अन्तरिम आदेश बदर गरेको छ।
न्यायाधीश ईश्वर खतिवडा र मनोज शर्माको इजलासले उक्त परीक्षा नियमविपरित भएको भन्दै परेको रिटमा अन्तरिम आदेश नहुने निर्णय गरेपछि पहिलेको अन्तरिम आदेश बदर भएको हो। आजको आदेशसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आर्इओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएसका लागि प्रवेश परीक्षा लिन बाटो खुलेको छ। विद्यार्थी आयुष ओझासमेतले चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै रिट हालेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























