देश/प्रदेश

सरकारको सुपथ मूल्य पसलभन्दा भाटभटेनीमा १३ रुपैयाँ सस्तो चिनी

Banner

काठमाडौँ, भदौं २८-

सरकारले दशैंलाई लक्षित गरी सस्तो मूल्यमा जनतालाई सामान उपलब्ध गराउने उद्देश्यले भदौ २ गतेदेखि सहुलियत पसल सुरु ग¥यो ।
तर, खाद्यान्न सस्तो मूल्यमा दिने भनिएका पसलमा सुपर मार्केटमा भन्दा खाद्यान्न महंगो पर्ने देखिएको छ ।

भदौ २३ गते सुरु गर्दा बिराटनगरस्थित सहुलियत पसलमा चिनीको मूल्य प्रतिकेजी ७२ रुपैयाँ तोकिएको छ । विराटनगरकै भाटभटेनी सुपर मार्केटमा ५९ रुपैयाँमै उपलब्ध छ । सरकारले चाडपर्वलाई लक्षित गरी राजधानी र राजधानी बाहिरका विभिन्न ठाँउमा सहुलियतका पसलहरु सञ्चालनमा ल्याएको छ । सरकारले सुरु गरेको सहुलियत पसल छठ पर्वसम्म सञ्चालन हुनेछन् ।

सहुलियतका पसलमा साल्ट ट्रेडिङ, खाद्य संस्थान, निजी कम्पनी र दूग्ध विकास संस्थानले सहुलियतमा सामानहरु बिक्री गरिरहेका छन् । जसमा साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गरेको छ भने उपत्यका बाहिर २४ वटा पसल सञ्चालन गरेको छ ।
काठमाडौ उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालन छ । भाटभटेनी सुपर मार्केटको शाखा सञ्जाल मुलुकभर सञ्चालनमा छन् ।

भाटभटेनीले शुक्रबार सूचना प्रकाशित नै गरेर दशै, तिहार र छठ पर्वसम्मका लागि देश व्यापारिकरुपमा आफ्ना ग्राहकहरुलाई विभिन्न खाद्य सामानहरुमा छुट दिने घोषणा गरेको छ । विराटनगर भन्सार नाकाबाट नजिक रहेको मोरङको विराटनगरलगायत सुनसरीका अघिकांश स्थानीय बासिन्दाहरु दशैं, तिहार र छठमा खाद्य सामग्री खरिद गर्न विराटनगरको रानी भन्सार हुँदै भारतको जोगवनीमा जाने गर्दछन् ।

घरायसी प्रयोजनका लागि नै भारतको जोगवनीबाट नेपालीहरुले खाद्यसामग्रीहरु ल्याउने हुँदा भाटभटेनीले जोगवनीमा भन्दा चिनीमा केजीमा ५ र ६ रुपैयाँ बढी मूल्य निर्धारण गरेको छ । चिनीबाहेकका खाद्यान्नमा भने अन्य पसल र सहुलियत पसलमा मूल्यमा खासै फरक छैन । सहुलियत पसल सञ्चालन गरे पनि मूल्यमा खासै फरक नपर्दा उपभोक्तामा सहुतलियत पसले फाइदा गरेको देखिन्न । त्यसैले यस्ता पसल सञ्चालन गरी सस्तो मूल्य दिने बाहना बनाएर सरकारले झारा टार्ने काम गरेको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>