देश/प्रदेश

गोलढुङ्गामा गोली चल्यो, गुण्डागर्दीमा संलग्न साजन गुरुङ प्रक्राउ

Banner

काठमाडौँ,  भदौ २७-

तारकेश्वर नगरपालिका, गोलढुङ्गामा प्रहरीको आज साँझ गोली प्रहारबाट एक व्यक्ति घाइते भएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई पक्रन खोज्दा भागेपछि गोली प्रहार भएको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले गोलढुङ्गास्थित फूलबारी रेष्टुराँबाट पक्रन खोज्दा प्रहरीलाई आक्रमण खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको जानकारी दिए ।

घाइते गुरुङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ । धादिङ घर भएका गुरुङ लामो समयदेखि गुण्डागर्दीमा संलग्न हुँदै आएको प्रहरीको जिकिर छ । उनका साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको महाशाखाले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>