देश/प्रदेश

रोल्पामा पहिरोले पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

Banner

काठमाडौं भदौ, २७-

रोल्पामा पहिरोले पुरिएरले एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थबाङ गाउँपालिका–२ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा रहेका छन् । पहिरोमा परेर श्रीकुमारीको ३८ वर्षीय जेठाजू जय बुढासहित बुढाका श्रीमती र दुई छोरीको पनि मृत्यु भएको छ । बुढाका ३६ वर्षीया श्रीमती मूल ज्योति, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी लिलाराम आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार एकान्तमा रहेको घर पुरिएको स्थानीयले विहानमात्रै थाहा पाएका थिए ।
पहिरोमा पुरिएका श्रीकुमारी बुढा र उनको ४ वर्षीय छोरा असलको शव विहान निकालिएको थियो । श्रीकुमारीको जेठाजूसहितको ४ जना सदस्यको शव भने मध्यान्ह निकालिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>