देश/प्रदेश
सिद्धबाबाको पहिरोमा पुरिएर चालकको मृत्यु
०

बेझाड, भदौ २७-
सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ ।
आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नम्बरको स्कारपियो पनि पहिरोले पुरिएको जिल्ला प्रही कार्यालय पाल्पाले जनाएको छ । ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी सञ्चालन भइरहेको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>