समाज

क्यान सुनसरी अध्यक्षमा बास्तोला निर्वाचित

Banner

इटहरी,भदौं २६-

कम्प्युटर एसोशिएन महासंघ नेपाल (क्यान) सुनसरीको तेह्रौ साधारणसभा तथा आठौ जिल्ला अधिवेशनले अध्यक्ष बिशाल बास्तोला सहित नयाँ कार्यसमिति चयन गरेको छ । इटहरी स्थित होटल बगानमा सम्पन्न उक्त अधिवेशनबाट बास्तोलाको अध्यक्षतामा व्यक्तिगत र संस्थागत गरी ८ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा खड्ग प्रसाद ओझा, सचिवमा टिकाराम न्यौपाने, सहसचिवमा सुरेशचन्द्र दाहाल र कोषाध्यक्षमा महेन्द्र गुरागाइ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा पुश्प अधिकारी, अनिश भट्टराई, भगिरथ राजबंशी, दिप नारायण यादव (नविन) र यज्ञराज दाहाल (नवराज) रहेका छन् ।

अधिवेशनले निवर्तमान जिल्ला अध्यक्ष बलराम भण्डारी, कमल तिम्सिना, ठाकुर कुमार श्रेष्ठ, भवकृष्ण तिम्सिना, सन्देश राई, पुश्प अधिकारी, टंकनाथ भट्टराई र अनिश भट्टराईलाई संघीय तथा प्रदेश प्रतिनिधि चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवं क्यान महासंघका केन्द्रीय सदस्य ठाकुर श्रेष्ठले क्यानले तीनै तहका सरकारसंग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । श्रेष्ठले प्रविधिलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन क्यानमा आवद्ध सदस्यहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए । सभालाई बिशेष अतिथी एवं केन्द्रिय सदस्य दिपेश पाठक, प्रदेश अध्यक्ष देब कुमार शुब्बा,पूर्व केन्द्रिय सदस्य राम राई, प्रदेश उपाध्यक्ष भूपेन्द्र मैनाली, प्रदेश सचिव भबकृष्ण तिमल्सिना लगायतहरूको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>