राजनीति
कान्तिपुरका अध्यक्षमाथि पूर्वाग्रह राखेर कारबाही भए कांग्रेसले सहँदैनः बद्री पाण्डे
०

काठमाडौ,जेठ ८-
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चासो व्यक्त गरेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद बद्री पाण्डेले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रसंगमा भने, ‘कानुनी कारबाहीको दायरामा हरेक नागरिक आउनुपर्छ। तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन, कसैलाई सहँदैन।’
धनुषा जिल्ला अदालतले सिरोहियाको नागरिकता छानबिनका लागि प्रहरीलाई पक्राउ अनुमति दिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























