नवलपुर

गैंडाकोटका मेयरले पुरा गेर बाचा, भोक्रोफाँटमा बल्यो बिजुली

Banner

चितवन,भदौं २५-

नवलपुरको गैंडाकोट नगरपालिका वडा नः ३ स्थित भोक्रोफाँटको वुधवार साँझ पहिलोपटक बिजुली बलेको छ । सो क्षेत्रका झण्डै ६५ घरधुरीका स्थानीय बिजुली पुगेसँगै खुसी भएका छन् । गैंडाकोट नगरपालिका कार्यालयबाट झण्डै ९ किलोमिटर उत्तरतर्फ रहेको सो ठाँउमा मगर समुदायको बसोवास रहेको छ । नेपाल विद्युत प्राधिकरणको गत बर्षको १२ लाख र नगरपालिकाको ८ लाखको लागतमा गाउँमा बिजुली पु¥याइएको हो । भोक्रोफाँट टोलविकास संस्थाका अध्यक्ष पदम ग्रन्द्रमा मगरले पहिलोपटक बिजुलीको उज्यालोमा बस्न पाउँदा खुसी लागेको बताए । ‘टुकी बालेर बस्नुपर्ने बालवच्चा पढाउनुपर्ने अवस्थाको अन्त्य भएकोमा खुसी लागेको छ’ अध्यक्ष ग्रन्द्रमा मगरले भने, ‘अब घरमा फ्रिज राख्न पाइन्छ, इन्टरनेट चल्छ, टिभी, आइरन चल्छ, धेरै सुविस्ता हुन्छ ।’

अर्का स्थानीयवासी अर्जुन बाँचे मगरले कयौं पुस्ता अन्धकारमा बसेर जीवन कटाएको युगको अन्त्य सदाका लागि भएको भन्दै खुसी व्यक्त गरे । बाँचेले अगाडि थपे ‘अब विभिन्न पेशा व्यवसाय गर्न पनि सजिलो हुन्छ, बालवच्चालाई पनि, गृहणीलाई पनि फाइदा हुन्छ ।’

गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले स्थानीय तहको चुनाबमा आफूले गरेको वाचा पूरा गरेर जनताको घरघरमा बिजुली पु¥याएको बताए । ‘यहाँका जनतालाई विजुली नहुँदा धेरै समस्या थियो, बालबालिकालाई पढ्न लेख्न पनि समस्या उत्तिकै थियो’ मेयर पौडेलले भने, ‘यहाँका जनताका दुःखका दिन सकिए, सुखका दिन आए, अध्यारो युगको अन्त्य भएर उज्यालो युगको सुरुवात भयो ।’ योसँगै वडा नः ३ को सबै जसो क्षेत्रमा बिजुली पुगेको छ । कहि कतै नपुगेको भए सोलार राखेर भने पनि उज्यालोमा राखिने मेयर पौडेलले बताए । यसअघि वडा नः ३ कै हर्दी र केलादी क्षेत्रमा पनि नगरपालिकाको पहलबाट केही महिना अघि बिजुली बालेको मेयर पौडेलले जानकारी दिए ।

उनले आफू मेयर भएर आएपछि सोही ठाँउका जनताको खानेपानीको समस्यासमेत समाधान गरेको बताए । ‘भोक्रोफाँटमा अब तटवन्ध र सिचाईको केही समस्या छ, त्यो पनि नगरपालिकाको तर्फबाट र पहलमा तत्काल समाधान गर्ने वचन मैले जनतालाई दिएको छु’ मेयर पौडेलले भने, ‘बर्षोदेखि विकास नभएको यो ठाँउ विकासको मूल प्रवाहमा समेटिन्छ ।’ नगरपालिकाका १८ वटा वडा मध्ये वडा नः १८ मा अहिले पनि बिजुली पुगेको छैन । चालु आर्थिक बर्षमा नै विद्युतीकरणका लागि ४ करोड ५० लाख रकम विनियोजन भएर आएको मेयर पौडेलले बताए ।

गैंडाकोट नगरपालिका भरीका कुनै पनि जनता अब अन्धकारमा बस्नुपर्ने अवस्था सधैका लागि अन्त्य गरिने मेयर पौडेलको दावी छ । वडा नः ३ कै हर्दी जाने बाटोको जुक्ति खोलामा पुल निर्माणका लागि सडक विभाग मार्फत पहल गरिहेकोले अर्का बर्षसम्म पुल निर्माणको काम अघि बढ्ने मेयर पौडेलले बताए । वडामा रहेको कालिगण्डकी निमाविलाई मावि तहमा पु¥याएर शिक्षकको समेत व्यवस्थापन गर्ने र ढोडेनीमा एक करोडको लागतमा एक सभाहल निर्माण गर्ने गरी प्रकृया अघि बढाइएको जानकारी मेयर पौडेलले दिए ।

बिजुली उद्घाटन कार्यक्रममा काँग्रेसको राजनीति

वुधवार साँझ भोक्रोफाँटमा बिजुलीको उद्घाटन गर्ने कार्यक्रम राखिएको थियो । तर, कार्यक्रममा मेयर छत्रराज पौडेललाई भने निम्ता थिएन । कारण थियो, वडा नः ३ का वडाध्यक्ष शिवकान्त तिवारीको मेयरसँगको दुष्मनी । उनले यो कार्यक्रममा मेयरलाई नबोलाउन स्थानीय टोल सुधार संस्थालाई उर्दी लगाएका थिए । कांग्रेसबाट निर्वाचित अधिकांश जनप्रतिनिधी, कांग्रेसका नगरका नेता सबैलाई कार्यक्रममा निम्ता थियो तर मेयरलाई थिएन । औपचारीक निम्ता नपाए पनि विद्युत प्राधिकरण गैंडाकोट वितरण केन्द्रका प्रमुख सुजन रिजालसहित मेयर पौडेल भोक्रोफाँट पुगे । त्यहाँ कार्यक्रम सुरु भएको थिएन । प्रमुख अतिथि बनाएर कांग्रेसले प्रदेश सांसद कृष्णचन्द्र नेपालीलाई बोलाएका थिए । उनी आउन ढिला गरे ।

कार्यक्रममा उपस्थित भएका मेयरलाई कुनै वास्ता नगरिएको मेयर पौडेल बताउँछन् । स्थानीयसँग भेटघाट गरेर केही क्षण बसी मेयर पौडेल फर्किए । त्यसपछि त्यहाँ कार्यक्रम शूरु भयो । नाचगान र भोजभतेर, रंगरस । निकै तामझाम । नगरपालिका र विद्युत प्राधिकरणको सहयोगमा भोक्रोफाँटमा विधुतीकरण गरिएको विषयलाई कांग्रेसले राजनीतिकरण गरेको मेयर पौडेलले गुनासो गरे । उनले प्रश्न गर्दै नारायणी अनलाइनसँग भने, ‘बर्षोदेखि कांग्रेसका नेताले चुनाव जित्दा पनि यहाँका जनतालाई किन अन्धकारमा राखे ? किन पानी खान समेत दिएनन्, भोट चाहिने तर विकास नचाहिने ?’ यो क्षेत्रबाट कांग्रेसका महामन्त्री शंशाक कोइरालाले लगातार तीन पटक निर्वाचन जितिसकेका छन् ।

स्थानीय जनतासँग आफ्नो कुनै गुनासो नभएको भन्दै मेयर पौडेलले आगामी दिनमा यहाँका जनताको विकासका लागि थप काम गर्ने बताए । मेयर पौडेलले भने ‘उनीहरु रक्सी र भोजभतेरमा रमाउँछन् म विकास र जनताको खुसी अनि सम्वृद्धीका लागि रमाउँछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>