खेलकुद

विश्वकप छनौटः नेपालले चाइनिज ताइपेलाई हरायो

Banner

चितवन, भदौं २४–

विश्वकप फुटबलको दोस्रो चरणको छनौटमा नेपालले पहिलो जित हात पारेको छ । ताइपे रंगशालामा मंगलबार सम्पन्न खेलमा घरेलु टोली चाइनिज ताइपेलाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको हो ।

नेपालका लागि दुवै गोल अन्जन विष्टले गरे । उनले खेलको पहिलो हाफको तेस्रो मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाए । सुजल श्रेष्ठले प्रहार गरेको फ्रि किकमा अन्जनले हेड मार्फत गोल गरे । पहिलो हाफमा १–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ६४ औं मिनेटमा अन्जनले नै दोस्रो गोल गरे । सुजल श्रेष्ठले हेडमार्फत मिलाएको पासमा अन्जनले आकर्षक गोल गरे ।

कुवेतविरुद्धको खेलमा अधिकांश समय बेन्चमै बसेका अन्जन ताइपेविरुद्ध सुरुवाती ११ मा स्थान बनाएका थिए । उनले आफूलाई पुनः प्रमाणित गर्न सफल भए ।

यसअघि छनौट अन्तरगत पहिलो खेलमा नेपाल कुवेतसंग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>