देश/प्रदेश

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

०
Banner

काठमाडौँ, कात्तिक १३  –

काठमाडौँ महानगरपालिकाले वाल्मीकि विद्यापीठलाई रु २० लाख आर्थिक सहयोग गरेको छ ।

महानगरपालिका शिक्षा विभागले संस्कृत शिक्षा प्रवर्द्धन शीर्षकअन्तर्गत नेपाल संस्कृत विश्वविद्यालयको उक्त विद्यापीठलाई फर्निचर तथा पुस्तकालय विकास अनुदान कार्यक्रमका लागि रु २० लाख सहयोग गरेको हो ।

महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले सो रकम वाल्मीकि विद्यापीठका प्राचार्य अच्युत लामिछानेलाई हस्तान्तरण गर्नुभयो ।

विद्यापीठका नाममा निकासा भएको रकम लक्षित उद्देश्यअनुरूप कार्य अघि बढाउन खर्च गरिने प्राचार्य लामिछानेले जानकारी दिनुभयो ।

महानगरपालिकाले संस्कृत शिक्षा प्रवर्द्धनका लागि आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएकोसमेत उहाँले सुनाउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>