देश/प्रदेश

कैलालीमा ‘डल्फिन महोत्सव’ हुने

Banner

कैलाली, भदौं २४–

पश्चिम नेपालको कैलालीमा निजी क्षेत्रबाट पहिलो पटक ‘डल्फिन महोत्सव–२०७६’ हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक कैलाली होटल व्यवसायी संघले जनाएको छ ।

आज (मंगलबार) पत्रकार सम्मेलन गरी संघले संसारकै दुर्लभ मानिने स्तनधारी जन्तु डल्फिन देखा पर्ने क्षेत्र टीकापुर नगरपालिका–७, बैदी (ढुङ्गाना टोल) मा महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

भदौं २८ देखी ३० गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले गर्ने कार्यक्रम तय भएको कैलाली होटल व्यवसायी संघका अध्यक्ष नरबहादुर शाहीले जानकारी दिए ।

‘डल्फिनको संरक्षण, सम्वद्र्धन र पहिचान, पर्यटन विकासको अभियान’ भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा डल्फिन तथा जलचर प्राणी अवलोकन गराईने, स्थानीय जातजातीहरुको संस्कृति झल्कने झाँकीहरु प्रदर्शन गरिने, विभिन्न खानाका परिकारहरुसंगै ¥याफ्टीङ्गको व्यवस्था गरिएको अध्यक्ष शाहीले जानकारी दिए ।

नेपाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तु मध्ये नेपालमा पाईने एक मात्र स्तनधारी डल्फिन कैलालीको टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको संगमस्थल पथरैया, काँडा र मोहना नदीको त्रिवेणीमा डल्फिन पाईने अध्यक्ष शाहीले बताए ।

कैलाली होटल व्यवसायी संघका सचिव तेज बोहोराले नदीको वहाब बढेसंगै पथरैया, काँडा र मोहना नदीमा देख्न पाईने डल्फिन महोत्सवको माध्यमबाट प्रचारप्रसार गर्दै सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>