देश/प्रदेश

त्रिभुवन विश्वविद्यालयमा बिरुवा रोपेर नेविसंघले मनायो बीपी जयन्ती

Banner

काठमाडौं, भदौ २४–

नेपाल विद्यार्थी संघले नेपाली कांग्रेसका नेता बीपी कोइरालाको १०६ औ जन्म जयन्तीको अवसरमा आज (मंगलबार) त्रिभुवन विश्वविद्यालय परिसरमा वृक्षरोपण गरेको छ।

नेविसंघले त्रिभुवन विश्वविद्यालय परिसरमा करिब तीन सय बिरुवा रोपेको हो। कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदको प्रमुख अतिथि रहेका थिए भने नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाह विशिष्ट अतिथि रहेका थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेता साउदले बीपीको बाटोमा हिडे मात्रै देश समृद्ध र सुखी नेपाली हुने बताए। उनले काँग्रेसले बीपी कोइरालाको जन्म जयन्ती मनाउदा गर्व गर्नुपर्ने जिकिर गरे।

कार्यक्रममा अन्य विपक्षी दलका विद्यार्थी संगठनहरुका नेताको पनि सहभागी रहेको थियो। उनीहरुले बीपी कोइराला दुरदर्शी नेता भएको भन्दै कोइरालाको समाजावादको खुलेरै प्रसंशा पनि गरेका थिए।

अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष प्रबिन मिश्र, अखिल बैद्यका महासचिब पेशल दहाल, अखिल (गोपाल किराती) महासचिब सुन्दर रायमाझी, समाजबादी विद्यार्थी यूनियनका उपाध्यक्ष बिबेक ओली, नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन यादव, सह महामन्त्री प्रेम राज जोशी, त्रिभुवन विश्वविद्यालय नेपाल विद्यार्थी संघ पूर्व अध्यक्ष शंकर पौडेल, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पालगायत नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>