चितवन विशेष

चितवनमा रोट्याक्टका अध्यक्ष तथा सचिव भेला हुँदै

Banner

चितवन, भदौं २३-

रोट्याक्ट मिड टाउन नारायणगढको आयोजनामा प्रथम नेपाल–भुटानका अध्यक्ष तथा सचिव भेला भदौं २८ गते चितवनमा हुने भएको छ ।

जोन २ का ६ वटा रोट्याक्ट क्लबको सहयोगमा हुन लागेको कार्यक्रममा देशभरका १२२ वटा क्लबका अध्यक्ष तथा सचिवहरु करिब २५० देखि ३०० जनाको उपस्थिति रहने बताइएको छ । कार्यक्रममा चार घण्टासम्म तालिम सेसन पनि रहने बताइएको छ ।

आज भरतपुरमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक राजिव घिमिरेले ८ वटा स्टल राखिने जानकारी दिए । भिजिट नेपाल २०२० लाई टेवा पु¥याउने उद्देश्यले चितवनका पर्यटकीय स्थलको महत्व झल्कने फोटो पर्दशनीसहितको स्टल रहने रोट्याक्टका अञ्चल प्रतिनीधि सुनिल घिमिरेले जानकारी दिए । त्यस्तै भेलामा केही कीटसहित डेँगुको निःशुल्क जाँचका लागि पनि स्टल राखिने घिमिरेले बताए । समाजिक सेवामूलक कार्यसँगै युवामा नेतृत्व क्षमता विकासमा टेवा पु¥याउने कार्यक्रमको उद्देश्य रहेको रोट्याक्ट मिड टाउनका अध्यक्ष लोमेस श्रेष्ठले जानकारी दिए । कार्यक्रम यही भदौं २८ गते (शनिबार ) फोर सिजन पार्टी प्यालेसमा भरतपुरमा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>