देश/प्रदेश

विमानस्थलबाट डेढ किलो सुनसहित एक पक्राउ

Banner

काठमाडौं, भदौ २३-

डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्।

सोमबार दिउँसो हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो।

आगमन कक्षमा उनको झोला जाँच गर्ने क्रममा सुन फेला परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

भन्सारले पक्राउ परेका व्यक्ति र सुनबारे अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>