नवलपुर
दर्पण एफएमको स्टेशन म्यानेजरमा युवा पत्रकार चालिसे
०

नवलपुर,भदौं २२-
बिगत एक दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार बिजय चालिसे नवलपुरको मध्यबिन्दु स्थित चोरमारामा रहेको दर्पण एफ एमको स्टेशन म्यानेजरमा नियुक्त भएका छन् । बिजय एफ एम गैंडाकोटबाट पत्रकारीतामा प्रवेश गरेका चालिसे पछिल्लो समय काडमाण्डौबाट सञ्चालित अनलाईन दैनिक नेपालका नवलपुर संबाददाता र चितवनबाट संचालित मोफसलको लोकपृय अनलाई नारायणी अनलाईनको नवलपुर बरिष्ठ संबाददाताका रुपमा सक्रिय छन् ।
नेपालका धेरै रेडियो र केही टेलिभिजनमा समाचारको क्षेत्रमा अनुभव संगालेका पत्रकार चालिसे बिगत २ बर्षदेखि पुनः नवलपुरलाई आफ्नो कार्यथलो बनाइसकेका छन् । उहाँले नवलपुरका बिजय एफएम सहित कावासोतीका देबचुली टिभी, मध्यबिन्दु एफ एम र सामर्थ्य एफएम लगायतका सञ्चार माध्यममा समेत सेवा गरिसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























