समाचार

दाङमा नदी पार गर्दा र कुवामा डुबेर दुईको मृत्यु

Banner

लमही,भदौ २० 
दाङको दङ्गीशरण गाउँपालिकामा खोलाले बगाउँदा एक मजदूरको मुत्यु भएको छ ।

वडा नंं ४ बैवाङस्थित बबई नदीको निर्माणाधीन पुलमा मजदूरी गर्दै आएका बर्दिया गुलरिया नगरपालिका–१२ टरुवा बस्ने अन्दाजी ४० वर्षीय पूर्णबहादुर सुनारको बबई नदी पार गर्ने क्रममा आज बिहान नदीले बगाउँदा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै सोही गाउँपालिका–६ मैरवा बस्ने ४० वर्षीय कुलबहादुर खड्काको पनि आज बिहान सार्वजनिक कुवामा डुबेर मुत्यु भएको हो । उनको मानसिक सन्तुलन ठीक नभएको खुल्न आएको प्रहरीले बताएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिएका छन ।
रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>