राजनीति

सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य

Banner

देउखुरी (दाङ), असार १ –

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले संस्थागत सुधार गर्दै पार्टीलाई सुदृढ तुल्याउने अभियान अघि बढिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा भएको पत्रकार सम्मेलनमा उहाँले देश र जनहितमा रास्वपाकातर्फबाट भएका गतिविधि जनतालाई सुसूचित गराउन पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भर्खरै राजनीतिमा आएकाले हामी सिक्दै छौँ, हामीले गरेका कामको निगरानी होस्, असल कामका लागि मार्ग निर्देशन दिनुस् ।”

मुलुकको भौगोलिक अवस्थालाई विचार गरी आगामी आर्थिक वर्षका लागि सन्तुलित रुपमा बजेट विनियोजन भएको बताउँदै सहमहामन्त्री आचार्यले स्थानीय टरिगाउँ एयरपोर्ट र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतिको काम भइरहेको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>