देश/प्रदेश

ढिलो गर्ने बेला छैन,तीव्र गतिमा काम गरौंः मन्त्री लामा

Banner

चितवन, भदौं १९-

प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले अहिलेको समय ढिलो नगरी तीव्र गतिमा विकासको काम गर्ने समय भएको बताएका छन् । रसुवामा आज कोल्डस्टोरको शिलान्यास कार्यक्रममा मन्त्री लामाले सो विचार राखेका हुन् । उनले पहिले प्रदेशमा नीति, नियम र साधनस्रोत नभएकोले काममा अलमल भए पनि अब सबै कानुन बनिसकेकोले अलमलमा पर्न नहुने बताए । उनले भने, ‘अहिले ढिलो गरी बस्ने बेला होइन, तीव्र गतिमा काम गरेर नागरिकलाई नतिजा देखाउनुपर्छ ।’

कृषि क्षेत्रमा प्रदेश सरकारले धेरै लगानी गरिरहेकोले उनले त्यसको प्रतिफल आउने गरी काम हुनुपर्ने विचार राखे । विकासको लागि नागरिकलाई सचेत गराउँदै धेरै भन्दा धेरै नागरिकको सहभागितामा सही ढंगले काम गर्नुपर्ने बेला आएको मन्त्री लामाले बताए । धैबुङ साना किसान सहकारी मार्फत कोल्डस्टोर निर्माण गर्न लागिएको हो । कोल्डस्टोर निर्माणका लागि प्रदेश सरकारले २ करोड ६८ लाख अनुदान सहयोग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>