प्रवास

कवि पराजुली ‘सप्रेम’ कविता सुनाउन युरोप कन्सर्टमा

Banner

पुनम गौतम

लिस्बन, पोर्तुगल, भदैं १८

सगरमाथाको गहिराइ नापिसकेका लोकप्रिय युवाकवि नवराज पराजुली आफ्नो कविता ‘स–प्रेम’ पस्कन पोर्तुगल आउने भएका छन् ।

युरोपका विभिन्न मुलुक हुँदै मेला ‘लिस्बोआ’को आयोजनामा हुने कविता कन्सर्टको लागि यही ८ सेप्टेम्बरमा कवि पराजुली पोर्तुगल आउँदै छन् । कन्सर्ट ‘जिनासियो हल रुवा दा आन्जोस, ६३, ११५०–०३५ लिज्बन’मा ८ सेप्टेम्बर (आइतबार) बेलुकी ६ बजे हुने भएको छ । ‘रोनाल्डोको देशमा एउटा नयाँ खेल हुँदैछ, खेलम् ल ?’ भन्दै समाजिक सञ्जाल मार्फत् कवि पराजुलीले कार्यक्रममा सबैलाई चुल्हो निम्तो दिएका छन् ।

पद्मश्री पुरस्कारबाट पुरस्कृत कविको सगरमाथाको गहिराई कविता संग्रह युरोपको अन्तिम बिन्दुमा बसेका हामी नेपालीले सहजै पढ्न पाउने भएका छौं । विदेशमा बसेर पनि देशको माटो र साहित्यमा कलम चलाइरहेका साहित्यिक मनहरुलाई यस कार्यक्रमले झनै उर्जा थप्ने छ ।

मेला लिस्बोआले युवाकवि नवराज पराजुलीको साथमा आफ्नो साहित्यिक लेख रचना पनि प्रस्तुत गर्न पाइने व्यवस्था मिलाएको छ । जसका लागि आफ्नो लेख रचना सेप्टेम्बर ७ तारिख भित्र सर्जकहरुले मेला लिस्बोआलाई पठाई सक्नुपर्ने जानकारी गराएको छ । यस प्रकारको कार्यक्रमले नेपाली साहित्य, देशको संस्कृति र मातृभाषालाई हृदयबाट जोड्न थप टेवा पुग्ने मेला लिस्बोआका ब्यवस्थापक हरिविक्रम थापाले बताए । कार्यक्रम सफल बनाउन कुनै कसर बाँकी नराख्ने थापाको भनाइ छ । कार्यक्रममा स्वतस्फूर्त सहभागिताका लागि सम्पूर्ण पोर्तुगलबासी नेपाली दाजुभाई, दिदीबहिनी, बुबा–आमा र सामाजिक अभियन्तालाई मेला लिस्बोआले आमन्त्रण गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>