देश/प्रदेश
तीजमा नुहाउन गएका तीन महिला बेपत्ता
०

कपिलवस्तु, भदौं १६ –
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६मा बेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउन गएका तीनजना महिला बेपत्ता भएका छन्।
हरितालिका तीजका अवसरमा नुहाउन गएका तारा कहार, खुब्बु रैदास र तारामति कोहार बेपत्ता भएका छन्। बेपत्ता भएकाको खोजी भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ। घटना स्थलमा अहिले प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जवरालगायतको सुरक्षा टोली पुगेको छ। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























