देश/प्रदेश

‘गाई हत्याबारे अनुसन्धान भइरहेको छ, दोषीलाई कारबाही गर्छौं’

Banner

काठमाडौं,  भदौ १५-

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गौहत्या भएको विषयमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन् ।

रिपोटर्स क्लबले काठमाडौँमा गरेको साक्षात्कारमा मन्त्री पण्डितले भने,‘यो प्रकरणमा कोही कसैले अपराध गरेको प्रमाणित भए सरकारले कारबाही गर्छ । दण्डित गर्छ ।’

सर्लाहीका श्याम परदेशीले सयौं गरिब, दुःखी जनतालाई सलामी ऋण कागज बनाएर दुःख दिएको कुरा बाहिर आएको विषयमा पनि सरकार गम्भीर रहेको उनको भनाइ छ । उनले भने,‘हामीले यो विषयमा विशेष चासो दिएका छौं । हामी गहिराईमा पुगेर अनुसन्धान गरिरहेका छौं । यो प्रकरणमा दोषी देखिएकालाई दण्डित गर्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>