देश/प्रदेश
‘संविधान अनूकुल ऐन बन्न सकेन’
०

काठमाडौँ, भदौं १४-
राष्ट्रियसभाका सदस्य दिननाथ शर्माले सम्बन्धित मन्त्रीले संविधान अनूकुल ऐन बनाउन नसकेको बताएका छन् । रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रमममा उनले त्यसका कारण सरकारको विरोध बढ्दै गएको धारणा राखे ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले व्यक्ति खराब हुँदैमा सङ्घीयता र संविधान नै खराब हो भन्दै हिड्नु दरिद्र चिन्तन भएको बताए । उनले भ्रष्टचार नियन्त्रण गर्न सरकार चुकेको दाबी गर्दै वाइड वडीमा काङ्ग्रेसका नेता दोषी छन् भने कारवाही गर्न सरकारलाई चुनौती दिए । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान संविधान संशोधनमा सरकारले ध्यान नदिएको आरोप लगाए। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























