अटो

नेपालको बजारमा रेनो ब्राण्डको ‘ट्राइबर’ कार

Banner

काठमाडौं, भदौं १२-

रेनो नेपालको नम्बर एक यूरोपियन ब्राण्डले नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभी–रेनो ट्राइबर कारको नेपालमा बुकिङ खुला गरेको छ ।

रेनो ट्राइबर भृकुटीमण्डपमा नाडा अटो शो–२०१९ मा प्रदर्शनी गरिएको छ । कम्पनीले जनाएअनुसार रेनो ट्राइबरको बुकिङ भदौं १० गते बाटै सुरु भइसकेको छ र ग्राहकले केही रकम तिरेर नाडा अटो शो अथवा रेनोको ११ वटा अधिकृत डिलरबाट बुकिङ गर्न सक्छन् ।

रेनो ट्राइबरको आकर्षक तथा स्टाइलिस लुकले गर्दा यो वास्तवमै गेम चेनजर नै भएको आज प्रेषित कम्पनीको दाबी छ । साथै यसमा आधुनिक विशेषताहरु रहेका छन् जस्तै पुस स्टार्ट–स्टप बटन, साचोरहित प्रवेश गर्न मिल्ने ढोका छ जुन साचोको सम्पर्क बिनानै खोल्न र बन्द गर्न सकिन्छ भने अल्ट्रा मोडुलर एसयूभी भएकाले थुप्रै सामानहरु सहजै अटाउछ । रेनो ट्राइबरमा रियर एसी रहेको छ जसमा पछाडिसम्म चिसो हावा प्रवाह गर्दछ र यसमा आफ्नो इच्छा अनुसार एयरफ्लो परिवर्तन गर्न पनि सकिन्छ । १८२ एमएम ग्राउण्ड किल्यरेन्सको साथ यस गाडीले साहसिक लुक दिनुका साथै यो सबै प्रकारको रोडका लागि उपयुक्त रहेको छ । रियर पार्किङ क्यामराले यसलाई फराकिलो बनाएको छ र ८ इन्च टच स्क्रिनमा मिडिया नेभिगेसन विशेषता रहेको छ र मल्टीमिडिया प्रणालीमा जडान गरिएको छ जुन एन्ड्रोइड र एप्पल सपोर्ट सिस्टममा प्रयोग गर्न सकिन्छ ।

त्यस बाहेक रेनो ट्राइबरमा थुप्रै आकर्षक विशेषताहरु रहेका छन् जसले यसलाई उद्योगमै अनुपम बनाएको छ । रेनो ट्राइबरमा १.० लिटरको ३ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले ७२ पीएस र ९६ एनएम टर्क उत्पादन गर्दछ । यसलाई ५–स्पीड म्यानुअल ट्रान्समिसन अथवा ५ स्पीड जोड्न सकिन्छ । यो इन्धन निपुण गाडी हो र यसमा ४० लिटर पेट्रोल अट्ने क्षमता रहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>